८० लाख रुपैयाँ खर्च गरेर केटा बन्दै निपेन (भिडियो)

८० लाख रुपैयाँ खर्च गरेर केटा बन्दै निपेन (भिडियो)

काठमाडौं (पहिचान) मंसिर २४ – परिवारले राखिदिएकै नाममा नेपालको नागरिकता लिएका छन् । महिला लैंगिक पहिचानमा नागरिकता लिएका उनी निकिमा लामाबाट चिनाउँदैनन् । उनको जन्मदाको पहिचान निकिमा नै हो । उमेर गुज्रदै गयो । उनी निकिमाबाट निपेन बनेका ३ बर्ष मात्रै भयो । उनी नागरिकतामा अहिलेको नाम र लैंगिक पहिचान जनाउन चाहन्छन् र त्यसका लागि प्रक्रिया पनि सुरु गरिसकेका छन् ।

नाम मात्रै होइन, छोरीबाट छोरा बन्ने अन्तिम तयारीमा उनी छन् । हर्मोन खाएर उनले केटाको जस्तै दारी पालेका छन् । उनले स्तन शल्यक्रिया गरेर फालिसकेका छन् । हत्तपत्त पत्याउन मुश्लिक नै पर्छ तर, उनी पूर्ण रुपमा केटा बन्दैछन् । उनले केटा बन्नका लागि शल्यक्रिया र औषधीका लागि १०/१२ लाख रुपैयाँ खर्च गरिसकेका छन् ।

काठमाडौं लाजिम्पाट स्थायी घर भएका निपेन परिवारमा कान्छा हुन् । उनलाई २४/२५ बर्षको उमेरमा परिवारमा लेजवियन (समलिंगी महिला) त होइन भनेर सोधिएको थियो । केटातिर आकर्षित हुनै मन नलाग्ने बताउने निपेन पूर्ण रुपमा केटा बनेर केटीलाई जीवन साथीको रुपमा स्वीकार गर्ने योजना सुनाउँछन् ।

पूर्ण रुपमा केटा बन्न ७० देखि ८० लाख खर्च लाग्ने निपेन बताउँछन् । उनी सन् २०२२ सम्म पूर्ण रुपमा छोरीबाट छोरा बन्न सहयोग जम्मा गरिरहेका छन् । अहिले उनी ३० बर्ष पुगे । आफूसँगैका मामाको छोरासँग हुर्केका उनी साइकल, क्रिकेट खेल्थे । परम्परागत समाजमा छोरीले भाडाकुटी खेल्ने, दैलो पोत्ने यस्ता यावत बर्णन गरेर काम लगाइन्छ । तर, उनले यि सब क्रियाकलापमा सहभागी हुनु परेन ।

सानोमा फ्रक लगाउँदा रुन्थे रे निपेन । भन्छन, कुर्ता लगाएर भोज भतेरमा जान मन नै लाग्दैनथ्यो । निपेनले सेन्ट जेभियर्सबाट फाइनान्समा स्नात्तोकोत्तर गरेका हुन् । २५ बर्षसम्म आफ्नो इच्छा चाहना लुकाएर राखेका निपेन सबैको साथ सहयोगले हौसिएको बताउँछन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.