अमेरिकी सेनामा तेस्रोलिंगी भर्ती हुन पाउने व्यवस्था पुन लागु 

अमेरिकी सेनामा तेस्रोलिंगी भर्ती हुन पाउने व्यवस्था पुन लागु 

578
SHARES
काठमाडौँ (पहिचान) माघ १३ -अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सेनामा तेस्रोलिंगी प्रवेशमा लागेको प्रतिबन्ध खारेज गरेका छन्। पूर्व राष्ट्रपति बाराक ओबामाले तेस्रोलिंगीलाई सेनामा भर्ती हुन पाउने व्यवस्था गरेका थिए।
तर, बाइडेनसँग पराजित तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रोलिंगीलाई सेनामा भर्ती हुन प्रतिबन्ध लगाएका थिए। डेमेक्रयाट राष्ट्रपति बाइडेनले ट्रम्पले लगाएको प्रतिबन्ध हटाउँदै  तेस्रोलिंगी सेनामा भर्ती हुन पाउने ओबामाको व्यवस्थालाई निरन्तरता दिएका हुन्।
बाइडेनले कार्यकारी आदेश जारी गरी ट्रम्प शासनकालमा तेस्रोलिंगीलाई सेनामा सेवा गर्न लगाएको प्रतिबन्ध खारेज गरेका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
कार्यकारी आदेशमा हस्ताक्षर गर्नु अघि बाइडेनले यो व्यवस्था पूर्व कमान्डहरू तथा मन्त्रीहरूले समर्थन गरेको व्यवस्था भएको बताएका थिए। उनले त्यसलाई पछ्याएर सबै योग्य अमेरिकीले सेनामा सेवा गर्न पाउने मार्ग प्रशस्त गर्न चाहेको बताएका थिए।
सेनामा तेस्रोलिंगीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको व्यवस्था डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले खारेज गर्ने निर्णय गरेको थियो। अमेरिकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मीले विभेदकारी व्यवस्था भन्दै खारेज गर्न माग गरेका थिए।

समाचार शेयर गर्नुहोस्
578
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.