निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अञ्जलीले हलिउडमा डेब्यू गर्ने (भिडियो)

अञ्जलीले हलिउडमा डेब्यू गर्ने (भिडियो)

394
SHARES

काठमाडौँ (पहिचान) माघ १४ – अङ्ग्रेजी शब्द ट्रान्सजेन्डर नेपालीमा तेस्रोलिंगी । तेस्रोलिंगी भनेर चिनिने र चिनाउनेहरु अहिले दाताको शब्दमा रमिरहेका छन्। साच्चै अधिकार विहिन हुनुहुँदैन भनेर समर्धन गर्नेहरुको उछित्तो काट्दैछन्।

प्रतिनिधिसभा विघटन गरेर पनि संविधान मिचेको छैन भनेर हुंकार गर्ने केपी ओली जस्ता व्यक्ति नेपालको लैंगिक तथा यौनिक अल्पसंख्यक भित्र पनि छन्। विधान नै संसोधन गरेर आफ्नो कार्यकाल बढाइराख्ने तर, कामले सिन्को पनि नभाच्ने प्रवृत्ति माैलाइरहेकाे छ जताततै ।

तर, तेस्रोलिंगी मोडल अञ्जली लामाले भने कसैकाे सहयोग बिना इतिहास रच्ने काम गरिरहेकी छन्।

उनी कुनै गैर सरकारी संस्थामा आबद्ध छैनन्। उनले दिएको अन्तरवार्तामा प्रश्न सोध्नेले नै गाली खान्छन, तर उनी केही भन्दिनन्।

उनै अञ्जली यति वेला हलिउडमा डेब्यू गर्ने तयारीमा रहेको समाचार आएको छ। समाचारमा भनिए अनुसार ६ भागमा निर्माण हुने वुमन स्टोरिजुमा अञ्जलिसँगै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतको अभिनय रहनेछ ।

यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो।अञ्जलीले फिल्मबारे छापिएको समाचारको लिङ्क इन्स्टाग्राममा सेयर गर्दै खुसी व्यक्त गरेकी छन् । भारतमा मोडलिङ गर्दै आएकी उनी ‘भोग’, ग्राजिया अवार्डबाट सम्मानित भइसकेकी छन् ।

याे भिडियो कुराकानी ल्याक मि फेसनमा पुग्दाकाे हाे।

समाचार शेयर गर्नुहोस्
394
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.