निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

होटल म्यानेजमेन्ट पढ्दै कमाउँदै, स्वीजरल्याण्डमा रोजगार (भिडियो सहित)

होटल म्यानेजमेन्ट पढ्दै कमाउँदै, स्वीजरल्याण्डमा रोजगार (भिडियो सहित)

638
SHARES

काठमाडौं : गुणस्तरिय शिक्षा विना समाज रुपान्तरण सम्भव हुँदैन भन्ने उद्धेश्य राखेर सुराचार्य एकेडेमिले नेपालमा हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन सुरु गर्ने भएको छ।

भारतको चेन्नई र स्वीजरल्याण्डको जुरिच सिटीमा रहेको हस्पिटालिटी म्यानेजमेन्ट इन्सिच्युटसँगको सहकार्यमा सुराचार्य एकेडेमीले नेपालमा अध्ययन सुरु गर्न लागेको जनाएको छ।

अध्ययन सुरु गर्ने बिषयमा काठमाडौंमा एकेडेमिले गरेको कार्यक्रममा चेन्नईका संस्थापक अध्यक्ष डा. जिबी थिरु मुरुगनले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको बताए। उनले शिक्षालाई जीवनोपयोगी बनाउनु पर्ने बताए।
सुराचार्य एकेडेमिसँग आफ्नो र स्वीजरल्याण्डको सहकार्य रहने बताउँदै उनले हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकेडिमी सक्षम हुने बिश्वास व्यक्त गरे।

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक शान्तिकृष्ण अधिकारीले बिद्यार्थीलाई विनयताको कुरा राम्रोसँग सिकाउन एकेडेमीलाई सुझाव दिए। उनले प्रयोगात्मक अध्ययन गराएर बिद्यार्थीलाई योग्य बनाउने लक्ष्य एकेडेमीको रहेको आफूले पाएको बताए।

कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदीले अहिले नेपालको प्राविधिक शिक्षा न चल्न सक्ने न ढल्न सक्ने अबस्थामा रहेको बताए। देश भित्र र देश बाहिर बिक्न सक्ने क्षमता बढाउन सुराचार्य एकेडेमि सफल हुने विश्वास सुवेदीले गरे।

उनले नेपालमा शिक्षामा लगानी बढेपनि गुणस्तर खस्कदै गएको बताए। नेपालमा एक वर्ष, भारतमा एक वर्ष र स्वीजरल्याण्डमा एक वर्ष अध्ययन गराउने एकेडेमीको लक्ष्य फलदायी हुने पूर्वमुख्य सचिव सुवेदीले बताए।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र पाण्डेले दुई घण्टा पढाएर हुनेमा १० बर्ष अध्ययन भइरहेको बताए। उनले सुराचार्य एकेडेमिले दिने शिक्षा श्रमलाई माया गर्ने हुनुपर्ने बताए।

उनले अहिले पनि ४० लाख नेपाली रोजगारीका लागि विदेशमा रहेको बताए। ‘अहिले पनि ४० लाख अनस्कील लेबर बिदेशमा काम गरिरहेका छन्,’पाण्डेले भने,‘महिनाको ३५ हजार कमाइरहेका उनीहरुलाई ६ महिना तालिम दिएर पठाए १ लाख ३५ हजार कमाउँछन्।’

उनले यो हस्पिटालिटी म्यानेजमेन्टले गुणस्तरि शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्ने बिश्वास व्यक्त गरे।

सुराचार्य एकेडेमिकी अध्यक्ष दुर्गा खनालले शिक्षालाई गुणस्तरिय, प्रविधिमैत्री र सीप युक्त बनाउने एकेडेमीको अभियान रहेको बताइन।

समाचार शेयर गर्नुहोस्
638
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.