निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कास्की सराङकोटका दुई महिलामा देखियो पाठेघरको मुखको र स्तन क्यान्सर  

कास्की सराङकोटका दुई महिलामा देखियो पाठेघरको मुखको र स्तन क्यान्सर  

856
SHARES
काठमाडौँ : कास्की र म्यादीका २ सय भन्दा धेरै महिलाले पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण गराएका छन्। गैर आवासीय नेपाली सङ्घ महिला तथा युवा विभाग र गरिमा कँडेल मेमोरियल ट्रस्टले सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ सय भन्दा धेरै महिलाले पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण गराए।
म्याग्दीको बेनी र कास्कीको सुन्दर पोखरी सराङकोटमा क्यान्सर सम्बन्धी र महिला रोग सम्बन्धी विज्ञ डाक्टर र प्राविधिज्ञबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको गरिमा ट्रस्टले जानकारी दिएको छ।
म्याग्दी बेनीका १५० र कास्की सराङकोटका ६० जना महिलाले स्वास्थ्य परीक्षण गराएकोमा २ जनामा क्यान्सर सङ्क्रमण भएको पाइएको छ। ‘दलित बस्तीका दुई जना मध्ये एक जनामा पाठेघरको मुखको र एक जनामा स्तन क्यान्सर सङ्क्रमणको पुष्टि भएको छ,’ट्रस्टका अध्यक्ष गंगाराम कँडेलले भने,‘पाठेघरको मुखको क्यान्सरजन्य लक्षण ८ जनामा देखिएको छ।’
क्यान्सर सङ्क्रमण देखिएका दुई जनालाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिहाल्नु पर्ने देखिएको कँडेलले  बताए। स्वास्थ्य शिविरमा छातीको समस्या, गाँठाको समस्या धेरै महिलामा देखिएको छ। म्याग्दी बेनीका १४ जना र सराङकोटका ९ जनामा स्तन क्यान्सरको खतरामा रहेका देखिएको कँडेलले बताए।
अति विपन्न परिवारमा रहेका दुई जना महिलाले स्तनबाट पिप बग्दा समेत रोग लुकाएर राखेको पाइएको उनले बताए। उनका अनुसार डा.प्रकाशराज न्यौपानेले क्यान्सर सङ्क्रमण महामारी उन्मुख रहेको बताए।
ट्रस्टका अध्यक्ष कँडेलले क्यान्सर रोग उपचारमा गैर सरकारी सङ्घसंस्थाको पहलले मात्रै नपुग्ने बताए। उनले सरकारले संयन्त्र विकास गरेर दायित्वको रूपमा लिनु पर्ने बताए।
ट्रस्टका अनुसार एक दिने शिविरमा महिला रोग विशेषज्ञ डा. साभना प्रधान, वरिष्ठ क्यान्सर रोग सर्जन डा. प्रकाश राज न्यौपानेको नेतृत्वमा डाक्टर र नर्सको टोलीले स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धित जानकारी दिएका थिए।
एनआरएनएकी उपाध्यक्ष तथा महिला र युवा विभागकी प्रमुख रबिना थापाको पहलमा शिविर सञ्चालन गरिएको ट्रस्टले जनाएको छ। स्थानीय समन्वय म्याग्दीको बेनीमा  मोनाको र कास्कीको सराङकोटमा कास्की आदर्श समाजले गरेका थिए।
गरिमा कँडेल मेमोरियल क्यान्सर ट्र्ष्टले क्यान्सर रोगबाट पीडित अति विपन्न वर्गहरूलाई आफ्नो सामर्थ्य अनुसार  सहयोग, सेवा तथा मनोवैज्ञानिक परामर्श प्रदान गर्दै आएको ट्रस्टका अध्यक्ष गंगाराम कँडेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
856
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.