नेपालीले लन्डनको वेलिङमा खोले फार्मेसी 

नेपालीले लन्डनको वेलिङमा खोले फार्मेसी 

लन्डन : कँडेल ग्रुपको निम ट्रि फार्मेसीले लन्डनको वेलिङमा शाखा विस्तार गरेको छ। ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो।
शाखाको मेयर काउन्सिलर जेम्स हन्टले उद्घाटन गरे। फार्मेसीमा एनएचएस सर्भिस, एनएचएस कन्सल्टेशन सर्भिस, प्राइभेट कन्सल्टेशन रुम, बहुभाषिक स्टाफ, दोहोर्‍याएर प्रेसक्रिप्शन सर्भिस, डेलिभरी सर्भिस, न्यु मेडिसिन सर्भिस, भ्याक्सिनेशन सर्भिस, इमर्जेन्सी कन्ट्रासेप्सन, प्राइभेट डिस्पेन्शन सर्भिस, प्राइभेट कन्सल्टेशन जस्ता सुविधाहरू उपलब्ध हुने कँडेल ग्रुपले जानकारी दिएको छ।  फार्मेसी हप्तामा आइतबार बाहेक ६ दिन खुल्नेछ।
उद्घाटन कार्यक्रममा कँडेल ग्रुपका सिइओ राजन कँडेलले कोरोना महामारीको समयमा निम ट्रि फार्मेसीले लन्डनमा ठुलो योगदान पुर्‍याउन सफल भएको बताए।
बिरामी भएपछि सहज रूपमा सुझाव लिने ठाउँ हाइस्ट्रिट फार्मेसी नै भएको कँडेलले बताए। ‘यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ,’उनले भने,‘यहाँस्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पूर्ण तयारी गरेका छौँ।’
उनले नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवा दिने बताए। ‘फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु पर्ने छैन,’उनले भने,‘फार्मेसीमा प्राय सबै खाले औषधि र विविध स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध हुनेछ।’
त्यस्तै फार्मेसीकी सुपरिटेन्डेन्ट फर्मासिष्ट विमला सापकोटाले निम ट्रि फार्मेसीको भूमिका र यसले दिँदै आइरहेको सुविधाबारे जानकारी दिएकी थिइन्।
फार्मेसीको उद्घाटन कार्यक्रममा बेक्सली नेपाली समाजका अध्यक्ष आनन्द धरेल, उपाध्यक्षहरू बिन्दु गुरुङ, कमल गुरुङ, महासचिव केदार थपलिया, सचिव होमनाथ ज्ञवाली, कोषाध्यक्ष दिपेन सिटौला, कँडेल ग्रुपका अध्यक्ष उपेन्द्रराज शर्मा, निर्देशक महेन्द्र कँडेल, नरेन्द्र कँडेल, पशुपति मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा र रियल स्टेट व्यवसायी तथा लेखक प्रगति ओझा सहभागी रहेका कँडेल ग्रुपले जानकारी दिएको छ।
होम केयर कम्पनी बेक्सिली ब्रान्चका डाइरेक्टर फत्त थापाले फार्मेसीको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए। फार्मेसीका बिजनेस पार्टनर विशाल सापकोटा कार्यक्रमको संयोजक रहेका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.