चन्द्रागिरि डिजिटल सिटी

अबको पाँच वर्षमा चन्द्रागिरि नेपालकै पहिलो डिजिटल सिटी बन्ने घनश्याम गिरीको दाबी, बितेको पाँच वर्षमा के गरे? (विवरणसहित)

अबको पाँच वर्षमा चन्द्रागिरि नेपालकै पहिलो डिजिटल सिटी बन्ने घनश्याम गिरीको दाबी, बितेको पाँच वर्षमा के गरे? (विवरणसहित)

काठमाडौं : नेपाली कांग्रेसले काठमाडौंको चन्द्रागिरि नगरपालिकालाई डिजिटल सिटी बनाउने प्रतिवद्धता गरेको छ। नगरप्रमुखमा घनश्याम गिरीलाई उम्मेदवार बनाएको कांग्रेसले सूचना तथा प्रशारण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउने चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।
नगरपालिका भित्र कृषि बजारको स्थापना गरिने र आवश्यकता अनुसार शीत भण्डारको समेत व्यवस्था मिलाइने प्रतिवद्धतापत्रमा लेखिएको छ।
चुनावी प्रतिवद्धतापत्रमा ‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्दै बालबिकासदेखि माध्यामिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लाने नीति अवलम्बन गरिने उल्लेख छ।
स्वस्थ नगरवासी : घरमै स्वास्थ्य सेवालाई लागू गरिने, थानकोटमा सञ्चालित नगर अस्पतालको श्यया विस्तार गरिने र करिव १ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको अत्याधुनिक सुविधा सम्पन्न प्रसूति अस्पताल छिटो निर्माण सम्पन्न गर्न सहजीकरण तथा आवश्यक सहयोग गरिने प्रतिवद्धतापत्रमा लेखिएको छ।
ज्येष्ठ नागरिक र लक्षित वर्गका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा तथा आवश्यक औषधि वितरण गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ।
२०७४ सालको स्थानीय तह चुनावमा नगरप्रमुखमा विजयी घनश्याम गिरीले आफ्नो कार्यकालमा काठमाडौँको कलात्मक मौलिक संस्कृति झल्कने गरि करिव २५ करोडको लागतमा ७ रोपनी जग्गामा नगरपालिकाको आफ्नै भवन निर्माण गरिएको उल्लेख गरेका छन्।
दोस्रो कार्यकालका लागि प्रमुखमा उम्मेदवारी दिएका गिरीले वितेको पाँच वर्षे अवधीमा आयुर्वेदिक औषधालय भवन निर्माण गरी उत्कृष्ट आयुर्वेदिक सेवा सञ्चालनमा ल्याइएको उल्लेख गरेका छन्।
नगरपालिका भित्रका सबै वडाहरुमा स्वास्थ्य चौकी स्थापना गरी प्रयोगशाला सहित सञ्चालनमा ल्याएको गिरीले बताएका छन्।
पाँच वर्ष नगर प्रमुख बनेका गिरीको नेतृत्वमा भएका काम
शिक्षा : सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला
१. चन्द्रागिरि नगरपालिका भित्र रहेको २४ वटा सामुदायिक विद्यालय मध्ये २२ वटा सामुदायिक विद्यालयहरुमा भूकम्प प्रतिरोधि आधुनिक भवन निर्माण सम्पन्न गरिएको। साथै पर्याप्त विद्यार्थी सङ्ख्या नभएका २ वटा सामुदायिक विद्यालयका भवन पनि निर्माणको क्रममा रहेको।
२. सामुदायिक विद्यालयहरुको आवश्यकता र माग अनुसार सिसी टिभी, ‘कम्प्युटर ल्याव’ लगायत अन्य आवश्यक शैक्षिक सामाग्रीहरु उपलब्ध गराइएको।
३. २ वटा सामुदायिक क्याम्पसहरुको स्तरोन्नति गरि स्नातकोत्तर तह सम्मको पठनपाठनको लागि आवश्यक समन्वय एवम् सहयोग गरिएको।
४. शिक्षकहरुको क्षमता अभिवृद्वि एवम् वृत्ति विकासका लागि विभिन्न तालिम, प्रशिक्षण, अनुशिक्षण, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गरिएको।
५. सामुदायिक विद्यालयहरुमा बहुउपयोगी प्राविधिक शिक्षा (कृषि, इञ्जिनियरिङ) अन्तर्गत कक्षा ९ देखि १२ सम्म कार्यक्रम सञ्चालन गर्न आवश्यक सहयोग गरिएको।
६ .विभिन्न तहमा मेधाबी विद्यार्थी उत्पादन गराउने शिक्षकहरुको प्रोत्साहन एवं उत्प्रेरणाको लागि पुरस्कार एवं सम्मानको व्यवस्था गरिएको।
७. अधिकांश सामुदायिक विद्यालयमा ICT ल्याव सहित पूर्वाधार विकासका लागि आवश्यक बजेट बिनियोजन गरी कार्यान्वयन शुरुआत गरिएको।
स्वास्थ्य : करिब १ अर्बको लगानीमा प्रसूति अस्पताल
१. नगरपालिका भित्रका सबै वडाहरुमा स्वास्थ्य चौकी स्थापना गरी प्रयोगशाला सहित सञ्चालनमा ल्याएको ।
२.सम्पूर्ण स्वास्थ्य चौकीमा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन सहित नगरवासीलाई घर आगनमा नै स्वास्थ्य सेवा प्रदान गरिएको ।
३. चन्द्रागिरि–४ थानकोट स्थित गोदाममा रहेको ‘थानकोट प्राथमिक अस्पताल’लाई १५ श्ययामा स्तरोन्नति गरी प्रसूति सेवा सहितको नगर अस्पतालमा रुपान्तरण गरिएको र अस्पतालमा आवासीय विशेषज्ञ चिकित्सकको व्यवस्था गरी २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गरिएको ।
४. उक्त अस्पतालबाट आधुनिक स्वास्थ्य सेवाका Blood Analyser मेसिन सहितको Lab test, xray, video X-ray, ECG, ECO लगायतका सेवाहरु सुचारु गरिएको ।
५. नगर अस्पतालमा निश्चित उमेरका जेष्ठ नागरिकहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको ।
६. इमरजेन्सी, आवास, फार्मेसी, चमेना गृह र प्रसूति सेवाका लागि आवश्यक भौतिक एवम् प्राविधक पूर्वाधार स्थापना गरिएको ।
७. नगर अस्पताल हाताभित्र थप ५० श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माणको स्वीकृति भई कार्यान्वयन शुरुआत भएको ।
८. सोही स्थानमा जर्मन सरकारको सहयोगमा करिब रु १ अर्बको लागतमा सुविधा सम्पन्न उच्चस्तरको प्रसूति अस्पताल निर्माणको लागि सम्बन्धित मंत्रालयसँग संझौता गरिएको ।
९. चन्द्रागिरि– ८ मा सामुदायिक अस्पताल निर्माणका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरी सञ्चालनको लागि तयारी अवस्थामा रहेको ।
१०. स्वास्थ्य चौकीको लागि आफ्नै भवन निर्माण गरिएको ।
कोरोना महामारी व्यवस्थापन
११.विश्वव्यापि महामारी कोभिड १९ को समयमा थानकोट प्राथमिक अस्पताल, चन्द्रागिरि– ८ स्थित सामुदायिक अस्पताल, चन्द्रागिरि– ३ , चन्द्रागिरि– १२ मा गरी ४ स्थानमा Isolation center स्थापना गरी उत्कृष्ट सेवा प्रदान गरिएको ।
१२. स्वास्थ्यस्वयं सेविकाहरुको वृत्ति विकासको लागि प्रोत्साहन भत्ता सहित नगरवासीलाई घरदैलो स्वास्थ्य सेवामा सम्लग्न गराइएको । साथै अवकाश प्राप्त स्वास्थ्य स्वयंसेविकाहरुलाई पहिलो पटक एकमुष्ट प्रोत्साहन रकमको व्यवस्था गरिएको ।
१३. महामारीका समयमा नगरपालिका भित्र रहेको सशस्त्र प्रहरी अस्पताल बलम्बुसँग आवश्यक समन्वय र सहकार्य गरी नगरवासीहरुको निः शुल्क स्वास्थ्य उपचार र निः शुल्क PCR परीक्षण गरिएको।
१४. कोरोना माहामारी नियन्त्रणका लागि कोरोना विरुद्धको खोप सेवा सुरुआती चरणदेखि हालसम्म नगरबासीलाई सम्पूर्ण स्वास्थ्य चौकी मार्फत सहज रुपमा खोप उपलब्ध गराईरहेको।
१५. २०७९ जेठ महिनादेखि कार्यक्रम कार्यान्वयनमा आउने गरी स्वास्थ्य बिमा कार्यक्रमको दर्ता प्रक्रिया सुरुआत गरिएको।
१६. प्रत्येक वडालाई स्वास्थ्य सेवा व्यवस्थापन तथा सञ्चालनका लागि प्रति वर्ष रु ४ लाख बिनियोजन गरिएको।
१७. नगरपालिकाका वडा नं ६, ८ र १२ मा आयुर्वेदिक सेवा सुचारु गरिएको । साथै सोही अन्तर्गत वडा नं ८ मा आफ्नै आयुर्वेदिक औषधालय भवन निर्माण गरी उत्कृष्ट आयुर्वेदिक सेवा सञ्चालनमा ल्याइएको।
धार्मिक/सांस्कृतिक सम्पदा संरक्षण
१. प्रमुख धार्मिक स्थलहरु इन्द्रथान, मातातीर्थ, मत्स्य नारायण, विष्णुदेवी क्षेत्र, थानकोट आदिनारायण परिसर, बलम्बु महाँलक्ष्मी मन्दिर लगायतका विभिन्न धार्मिक आस्था राख्ने सम्प्रदायका गुम्बा, बिहार, चर्च लगायतका धार्मिक स्थलको जीर्णोद्वार, पुनःनिर्माण तथा परिसर सुधार गरिएको । साथै थानकोट महाँलक्ष्मी लगायत अन्य मन्दिरहरुको पुनः निर्माण तथा जीर्णोद्वारको लागि आवश्यक बजेट बिनियोजन गरिएको।
२. जात्रापर्व तथा अन्य धार्मिक कार्य सञ्चालनको लागि आवश्यक परम्परागत बाजागाजा(बासुरी, धिमे, नौमति, पञ्चेबाजा, खैजेडी लगायतका)को संरक्षण, प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु व्यवस्थापन गरिएको।
३. नगरभित्रका भौतिक पुरातन पौराणिक बस्तिहरु मध्ये हाललाई किसीपिडी र बलम्बु दुई स्थानलाई सम्पदा बस्ति घोषणा गरी सोको DPR समेत तयार भई कार्यान्वयनमा ल्याइएको।
४. मठमन्दिर, पाटीपौवा, दाहसंस्कार स्थल लगायतको पूर्वाधार संरक्षण, सम्वद्र्धन र सुधारमा सहयोग गरी जीर्णोद्वार र पुनः निर्माण सहित सञ्चालनमा ल्याइएको।
खानेपानी : एक घर, एक धारा
१. नगरवासीलाई ‘एक घर एक धारा’ पुर्‍याउने विसं २०७४ को स्थानीय निर्वाचनको प्रतिवद्धता अनुरुप खानेपानी उपलब्ध गराइएको साथै नयाँ बस्ती र घरहरुमा पनि थप खानेपानीका थप बोरिङ गरी नगरपालिका, प्रदेश, संघीय सरकार लगायतका विभिन्न निकायहरु र उपभोक्ता समितिहरु मार्फत नगरबासीहरुको उल्लेखनीय आर्थिक सहयोगमा खानेपानी वितरण गरिएको।
२. खानेपानीको पुराना मुहान, ढुङ्गेधारा लगायत श्रोतहरुको संरक्षण गरिएको।
३. सुरुङमार्ग आयोजनाको सहयोगमा चन्द्रागिरि– १ र २ (सुरुङमार्ग प्रभावित क्षेत्र)मा खानेपानी व्यवस्था गरिएको र सो अन्तर्गत वडा नं २ का प्रभावित वासिन्दाहरुको घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यले रु.१४ करोडको लगानीमा खानेपानी आयोजनाको योजना सम्पन्न गरिएको।
४. चन्द्रागिरि– १२ र १४ मा रहेको खानेपानी समस्या समाधानका लागि बृहत्त खानेपानी आयोजना सञ्चालन गर्न सर्वेक्षण सम्पन्न भएको र यसको लागि आवश्यक बजेट बिनियोजन भइसकेको।
५. नयाँ निर्माणाधीन बस्तीहरुमा खानेपानी पाईपलाईन विस्तार गरि घरघरमा खानेपानीको व्यवस्थापन क्रमिक रुपमा हुँदै गरेको ।
६. नगरबासीहरुको खानेपानी मागलाई सम्बोधन गर्न बृहत्त खानेपानी आयोजनाको संभाव्यता अध्ययन गरिएको।
७. नगरभित्रको सम्पूर्ण खानेपानी स्रोतहरुको व्यवस्थापन गर्न उपभोक्ता समिति मार्फत कार्य प्रारम्भ गरिएको। साथै एकीकृत खानेपानी व्यवस्थापनको लागि आवश्यक प्रक्रिया सुरुआत गरिएको।
सुरक्षा, सामाजिक पूर्वाधार : उज्यालो चन्द्रागिरि
१. उज्यालो चन्द्रागिरि अभियान अन्तर्गत अधिकांश सडकहरुमा आवश्यक सडक बत्तीहरु जडान गरिएको।
२. कलंङ्की–नागढुङ्गा राजमार्गमा CCTV Camera, सडकबत्ती जडान गरी सुरक्षित यातायातको लागि पूर्वाधार तयार गरिएको।
३.सो सडकलाई धुलोमुक्त, सफा र सौन्दर्यीकरणको लागि आवश्यक व्यवस्था गरिएको।
४. समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुव्र्यसन नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरिएको। समुदायमा आधारित कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरे वापत देशकै उत्कृष्ट नगरपालिकाको रुपमा नेपाल प्रहरीबाट पुरस्कृत भएको।
ज्येष्ठ नागरिक : सामाजिक विकास
१. सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजता प्रदान गरेको।
२. नगरभित्रका विभिन्न स्थानहरुमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको।
३. नगर भित्र रहेका ज्येष्ठ नागरिकहरुका लागि उपयोगी सामाग्रीहरु वितरण गरिएको।
४. ज्येष्ठ नागरिकका लागि विभिन्न प्रमुख धार्मिक तथा पर्यटकीय स्थानमा लागि देशदर्शन तथा तीर्थाटन गराइएको।
५. नगरभित्र विभिन्न प्रकारका फरक क्षमता भएका अपाङ्ग व्यक्तिहरुका लागि कृत्रिम हात, गोडाहरु जडान गरिएको र हिडडुल गर्न नसक्ने असहायतको लागि ह्वील चेयर वितरण गरिएको।
६. नगरपालिका मार्फत् निर्माण भएका हरेक सार्वजनिक पूर्वाधार निर्माणहरु अपाङ्गमैत्री बनाइएको।
सडक पुर्वाधार : चन्द्रागिरि चक्रपथ
१. स्थानीय नगर बासीहरुसँग समन्वय गरि कलंङ्की– नागढुङ्गा पिपलामोडसम्म सडक विस्तारमा सहजता प्रदान गरिएको र सो सडकको बीचमा हरियाली कायम गर्न वृक्षारोपण, तारजाली राखिएको तथा सडक सरसफाई दैनिक रुपमा गर्ने गरिएको।
२. सडक दायाँ बायाँका खम्बाहरुमा रहेका होडिङबोर्ड हटाई रंगरोगन गरिएको र अव्यवस्थित तारहरु हटाई व्यवस्थित बनाइएको ।
३. नगरभित्रका मुख्य सडक र बस्तिहरुमा सडक बत्तीको व्यवस्थापन गरिएको र सडक सुरक्षा कायम गर्न आधुनिक CCTV Camera जडान गरिएको साथै यसको निरन्तर अनुगमनको जिम्मेवारी महानगरिय प्रहरी वृत्त थानकोटलाई प्रदान गरिएको।
४. नगर भित्रका प्रमुख सडकहरु :
– बाडभञ्ज्याङ – मसिने सडक विस्तार तथा सुधारमा सहजीकरण
– गुर्जुधारा– बलम्बु, सिर्जनाचोक सडक ढलान र विस्तार
– सिप्रदी– शिक्षा क्याम्पस हुँदै बिष्णुदेवी सडक सुधार
– सतुगंल– मातातीर्थ –बौथली चोक बाटो सुधार तथा व्यवस्थित
–भकुण्डे चौर– ढाक्सी– मच्छेगाउँ –चुनदेवी बाटो सुधारका गरिएको ।
५. प्रदेश सरकारको सहयोगमा निर्माणाधीन थानकोट –चित्लाङ सडक निर्माणमा सहजीकरण गरिएको ।
६. दुरसञ्चार– किसीपिडी– मातातीर्थ बाटो सुधारको काम गरिएको साथै सबै वडाबाट भित्री बस्तीहरु जाने शाखा बाटोहरु निर्माण गरिएको ।
७. नगरपालिकाबाट वडा कार्यालय मार्फत बिनियोजित रकमबाट १५ वटै वडाहरुका भित्री सडक विस्तार मर्मतसुधार गरिएको र नयाँ ट्र्याकहरु खोलिएको ।
८. बल्खु खोला करिडोर निर्माणको सुरुआत भई कलंङ्की मालपोतदेखि तिनथाना सम्मको काम सम्पन्न भईसकेको ।
९. नगरपालिकाबाट छनौट गरिएको मुख्य सडकको रुपमा बल्खु खोला करिडोर निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाईएको र हाल दोस्रोे चरणमा सिप्रदी –बलम्बु हुँदै त्रिवेणीघाट सम्मको बाटो निर्माण कार्य सुरुआत भएको ।
१०. चन्द्रागिरि चक्रपथ योजना अन्र्तगत मितेरी मार्गलाई समावेश गरि क्रमागत ढंगबाट काम अगाडी बढाईएको ।
११. पुराना बस्तीहरु, चोकहरुमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको र अधिकांश नयाँ पुराना बस्तीहरुमा बाटो ढलान, पिच र ढलको व्यवस्था गरिएको ।
१६. मितेरी चोक– कंकाली हुँदै इन्द्रदह जाने बाटो सुधार तथा पिचमा सहजीकरण गरिएको ।
१२. हाईभिजन –दाउराडिप्पो– हरियाली प्रगतिनगर– बिष्णुदेवी तिनथान बाटो, नयाँ नैकाप बाटो, चेकपोष्ट –केबलकार– गोदामचौर जाने बाटो, मातातीर्थ –बौथली चोक जाने बाटो पिच भएको र १० नं यातायात बाटो पुर्ण रुपले सुधार गरि बाँकी बाटोहरु पनि सुधारको क्रममा रहेको ।
खेलकूद : समृद्धिको आधार
१. नैकाप फुटवल मैदानको मर्मत सुधार गरिएको ।
२. मदन भण्डारी फुटवल मैदान लगायत विभिन्न वडाहरुमा निर्मित खेल मैदान स्तरोन्नति गरी थप निर्माणका लागि बजेट बिनियोजन गरिएको ।
३. विभिन्न वडाहरुमा कभर्ड हल निर्माण सुधार तथा थप संरचना निर्माण गरिएको ।
४. नगरपालिका भित्रका खेल प्रेमी खेलाडीहरुलाई प्रतियोगितात्मक खेलमा सहयोग र खेल सामाग्रीहरुको व्यवस्थापन गरिएको ।
५. राष्ट्रिय स्तरको खेलकूद प्रतियोगितामा सफलता प्राप्त खेलाडीहरुलाई सम्मान गरिएको ।
६. बलम्बु लगायत विभिन्न स्थानमा ब्याडमिन्टन कोर्ट निर्माण तथा मर्मत गरिएको ।
आफ्नै प्रशासनिक भवन
१. काठमाडौँको कलात्मक मौलिक संस्कृति झल्कने गरि करिव रु २५ करोडको लागतमा ७ रोपनी जग्गामा नगरपालिकाको आफ्नै भवन निर्माण गरिएको ।
२. वडा नं ३ र ४ को वडा कार्यालय भवन निर्माण सम्पन्न भईसकेको र वडा नं ११ को भवन शिलान्यास भई कार्यान्वयनमा गएको साथै वडा नं ७ र ५ को भवन निर्माण प्रक्रिया सुरु गरिएको र बाँकी वडा कार्यालय भवनको स्तरोन्नति गरिएको ।
३. वडा नं १२ मा रु १ करोड ५७ लाखको लागतमा नगरपालिकाको पशु स्वास्थ्य सेवा कार्यालय भवन निर्माण गरिएको ।
४. विभिन्न संघ, संस्थाका भवनहरु, पाटी पौवा, सामुदायिक भवनहरु, कोतघरहरु, महिला भवन निर्माणमा सहयोग तथा सहजीकरण गरिएको ।
५. महादेवस्थान लगायत विभिन्न स्थानहरुमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको ।
६. नगर भित्र रहेको विभिन्न मठमन्दिर तथा धार्मिक स्थलहरुको निर्माण तथा मर्मत सुधार गरिएको ।
उद्यान निर्माण
१. पुल, पुलेसा, कल्भर्ट, गुठीघर, घाट स्थलहरु निर्माण सम्पन्न भएको ।
२. नगरपालिका भित्रका मुख्य उद्यानहरु जस्तै भिराडिल, मदन भण्डारी, मातातीर्थ, थानकोट, मच्छेगाउँ बलम्बु लगायत सबै वडाहरुमा उद्यानहरुको निर्माण गरिएको, पुराना उद्यानहरु मर्मत गरिएको र बाँकि उद्यानहरु निर्माणको क्रममा रहेको ।
३. स्थानीय सरकार, प्रदेश, संघीय सरकारको सहयोगमा नगरपालिका भित्र विभिन्न भ्यु टावरहरु निर्माण तथा सहजीकरण गरिएको ।
चन्द्रागिरि डिजिटल सिटी
१. चन्द्रागिरि डिजिटल सिटीको अवधारणालाई आत्मसाथ गर्दै नगरपालिकालाई प्रविधि मैत्री बनाउन न्एक्, न्क्ष्क् प्रणाली मार्फत नगरपालिका प्रोफाईल तयारीको काम अगाडी बढाइएको । यसका लागि ड्रोन मार्फत नगरभित्रका सम्पूर्ण घरहरुको नक्साङ्कन कार्य सम्पन्न भइसकेको र गणकहरु मार्फत व्यक्तिगत तथ्याङ्क सङ्कलन कार्य भइरहेको । यो कार्य पुरा भएपछि चन्द्रगिरि नगर नेपालकै पहिलो डिजिटल सिटी बन्ने ।
२. भू–सेवालाई डिजिटल प्रणालीमा लगिएको र नक्साको काम डिजिटलमा जाने क्रममा रहेको ।
३. राष्ट्रिय परिचयपत्र वितरण कार्य सुचारु गरिएको ।
फोहोरमैला : एकीकृत योजना
१. काठमाडौँ जिल्ला स्थित सम्पूर्ण नगरपालिकाहरुको फोहर व्यवस्थापनका लागिका लागि काठमाडौँका सबै नगरपालिकाको समन्वयमा एकीकृत फोहोरमैला व्यवस्थापन योजना अगाडी बढेको । नगरपालिकालाई क्लिन सिटी बनाउन नवीनतम कार्य थालनी गरिएको ।
२. नगरपालिका भित्रको फोहोर व्यवस्थापनको लागि वडा नं ५ मा जग्गा व्यवस्थापन गरिएको ।
३. नगर क्षेत्र भित्र डस्टविन, कम्पोष्टविन लगायतका सामाग्री वितरण र व्यवस्थापन गरिएको ।
कृषि : स्वरोजगारको आधार
१. निः शुल्क बीउविजन वितरण गरिएको साथै अनुदानमा आधारित पशुपालन व्यवस्थापन कार्यक्रम अन्तर्गत काउम्याट, प्रजनन्को चौपाया वितरण गरिएको । युवालाई आफ्नै जमिन उपयोग गरि स्वरोजगार बनाउन प्रोत्साह गरिएको र अनुदानको व्यवस्था समेत गरिएको ।
२. कृषि यान्त्रिकीकरणका लागि हाते ट्याक्टर वितरण गरिएको ।
३. शहरी कृषि व्यवस्थापन अन्तर्गत कौसी खेती कार्यक्रमलाई प्रोत्साहित गरिएको ।
सिप विकास
१. नगरभित्रका सम्पूर्ण नगरवासीहरुको लागि स्वरोजगार मुलक तालिमहरु(साबुन बनाउने, अचार बनाउने, कौसी खेती, हस्तकला, ब्युटिपार्लर, ड्राइभिङ, बेकरी, चकलेट लगायतका)सञ्चालन गरिएको ।
२. क्षमता अभिवृद्वि तालिम(उद्घोषण, वक्तृत्वकला, नेतृत्व विकास तालिम, मन्टेश्वरी तालिम, व्यक्तित्व विकास)सञ्चालनमा आवश्यक बजेट व्यवस्था गरेर दक्ष जनशक्ति तयार गर्न सहयोग गरिएको ।
पर्यटन पुर्वाधार
१. नेपाल सरकारबाट पर्यटकीय रुपले महत्वपूर्ण १०० गन्तव्य मध्येको एक गन्तव्यको रुपमा चन्द्रागिरि नगरपालिकालाई घोषणा गरिएको र सोहि अनुरुप पर्यटकीय पुर्वाधारको रुपमा इन्द्रस्थानलाई समेत समावेश गरिएको साथै पर्यटकीय स्थानमा पुग्नेट्रेल(हाईकिङ र साईकिलिङ) निर्माण गरिएको ।
२. विभिन्न निकाय(UNDP, NTB, TAN) सँगको सहयोग र समन्वयमा पर्यटन विकास पूर्वाधारका कार्य भएको ।
३. नगर क्षेत्रभित्रको अन्य पर्यटकीय पुर्वाधारहरु विकासका लागि कार्यक्रम सञ्चालन भएको ।
४. मच्छेगाउँमा Peace Pagoda को निर्माण भइरहेको । चन्द्रागिरि ३ मा बुद्ध स्तुपा निर्माण गरिएको।
विपद् व्यवस्थापन/आकस्मिक उपचार : दमकल सञ्चालन तयारी
१. नगरपालिकाले दमकल खरिद गरी सञ्चालनको अन्तिम तयारीमा रहेको र यसको नियमित सञ्चालनका लागि सशस्त्र प्रहरी बलसँग संझौता गरी कार्यान्वयनको अन्तिम चरणमा रहेको ।
२. नगरपालिकाको आफ्नै एम्बुलेन्स रहेको र कोभिड महामारीका समयमा नगरवासीलाई निःशुल्क सेवा प्रदान गरिएको ।
३. चन्द्रागिरिका वडा नं २ र ३ मा एम्बुलेन्स खरिद गरी सञ्चालनमा रहेको ।
हाल साविक/लालपुर्जा वितरण
१. थानकोट, बलम्बुमा लगायत स्थानमा हाल साविकको कार्य भईरहेको र अन्य वडाहरुमा पनि कार्यान्वयनको तयारीमा रहेको ।
२. बलम्बु ब्लक एरियामा परम्परागत रुपमा बसोबास गरिरहेका नगरबासिहरुलाई लालपुर्जा वितरण गरिएको ।
आर्थिक श्रोत
आन्तरिक स्रोत : नगरपालिकाको विशेष पहलमा आन्तरिक श्रोत अन्तर्गत वार्षिक रु ७० करोड भन्दा बढी रकम सङ्कलन गरिएको। शसर्त,निशर्त, प्रदेश सरकार र संघीय सरकारबाट
जनसहभागितको स्रोत : ५० % लागत सहभागिताको धारणा अनुरुप पूर्वाधार विकासको कार्यक्रम सञ्चालन गरी नगरपालिकाको करिब रकम रु.३० करोड भन्दा बढी रकम सहयोगमा उपभोक्ताको थप रु.३० करोडबाट करिब रु.६० करोड भन्दा बढी रकम खर्च गरी विकास निर्माणको कार्य सम्पन्न भएको।
कार्यान्वयनको चरणमा रहेको योजनाहरु
१. राजमार्गको पिपलामोड–नागढुङ्गा खण्डमा बाँकी रहेको स्थानमा ऋऋत्ख् ऋबmभचब र बत्ती जडान गर्ने कार्य प्रक्रियामा रहेको।
२.बल्खुखोला करिडोरको दोश्रो चरणको काम(बिष्णु देवी मन्दिरदेखि सिप्रदीसम्म)निर्माण क्रममा रहेको।
३. बाडभञ्ज्याङ– मसिने हुँदै सातघुम्ती सडक खण्ड कालोपत्रे गर्ने क्रममा रहेको।
४. किट्नी भञ्ज्याङ – स्वीट्जरल्याण्ड पार्क सडक स्तरोन्नतिको कार्य भईरहेको।
५. नगरपालिकाको प्रशासकीय भवनको हाता भित्र करिब रु.३ करोड बराबरको लागतमा आकर्षक बगैंचा निर्माण कार्य शुरु भएको।
कांग्रेस नगरसमितिले प्रतिवद्धता सार्वजनिक गर्दै माग्यो घनश्याम गिरिलाई भोट
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन तथा संस्थागत गर्ने क्रममा अगाडि बढिरहेको छ। एक जिम्मेवार पार्टी भएको नाताले यसको नेतृत्व गर्ने अभिभारा नेपाली कांग्रेसको काँधमा छ। हामी यसै सन्दर्भमा हुन गइरहेको स्थानीय तहको दोस्रो निर्वाचनको सङ्घारमा छौँ।
निष्ठावान् लोकतन्त्रवादी नेपाली जनताको अथक सङ्घर्ष र बलिदानस्वरुप संविधान सभाबाटै संविधान लेखिनु पर्छ भन्ने हाम्रो सङ्कल्प साकार भएसँगै हामीलाई आवधिक निर्वाचनको यो दोस्रो अवसर प्राप्त हुँदैछ। दोस्रो संविधान सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएर उदारतापूर्वक सबैलाई समेटे कै कारण जनताको सार्वभौम अधिकार, स्थानीय स्वायत्तता र स्वशासनलाई आत्मसात् गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक संविधानको लेखन र सङ्घीय संरचनाहरूको यसरी सस्थागत विकास हुँदै गएको हो। आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत स्तम्भ हो। जति धेरै नागरिकले यसमा भाग लिन्छन्, लोकतन्त्र उति नै सुदृढ, स्थायी र जनमुखी हुन्छ भन्ने कुरामा हामी दृढ विश्वास राख्दछौँ।
२०७४ को स्थानीय तह निर्वाचनमा तपाईहरुको स्नेह, आशीर्वाद र अमूल्य मतले ऐतिहासिक चन्द्रागिरि नगरपालिकामा कांग्रेसले पहिलो पटक नेतृत्व गर्ने सौभाग्य पायो। विगत पाँचवर्षमा नगरमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, प्रविधि, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु सम्पन्न भए भने केही सम्पन्न हुने चरणमा छन्।
समुन्नत र समृद्ध नगर विकासका आधारशीला तयार हुँदै गएका छन्। यसलाई पूर्णता दिन हामी पुन ः एकपटक नगरवासीको माया, ममता र अमूल्य मतको लागि सवीनय अनुरोध सहित तपार्इँहरु समक्ष आएका छौँ।
नेपाली कांग्रेसलाई विश्वास गरी पहिलो स्थानीय निर्वाचनमा रुख चिन्हमा मतदान गरी हाम्रा उम्मेदवारलाई विजय गराउनुभएकोमा हार्दिक आभार व्यक्त गर्न गर्दछाँै। कांग्रेसले नगरको नेतृत्व सम्हाले पश्चात विभिन्न प्रतिकूलताका बाबजुत नगरवासीको अपेक्षा अनुरुप थुप्रै उल्लेखनीय र नवीनतम कार्यहरु सम्पन्न भएको कुरा हामी गर्भका साथ तपाईँहरु माझ प्रस्तुत गर्दछौँ। तपाईँ नगरवासीहरुले दिनुभएको जिम्मेवारी र दायित्वलाई हामीले कुशलता पूर्वक पूरा गरेका छौँ।
पर्याप्त जनशक्ति, आर्थिक श्रोत, ऐन नियम र स्पष्ट बहुमत नभएको अवस्थाबाट सुरुआत गरिएको नगरपालिकामा सेवाका गतिविधिहरुलाई सस्थागत गर्ने क्रममा आवश्यक ऐन, नियमहरु तयार गरी कार्यान्वयनमा ल्याइएको छ। साथै विभिन्न प्रतिकूलताका बाबजुत हामीसँग स्पष्ट बहुमत नहुँदा पनि निष्पक्ष रुपमा समानुपातिक ढङ्गबाट सबै वडा कार्यालयहरुमा समान रुपमा वजेट विनियोजन गरी नगरवासीहरुको चाहना अनुरुप सबैलाई समेटेर अगाडि बढेको कुरा सर्वविधितै छ।
यही बीचमा कोरोना महामारीको संकटबाट हामी पनि अछुतो रहन सकेनौँ। यसको नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, आपतकालीन केन्द्र सञ्चालन, क्वारेन्टाइन र आइसोलेशन सञ्चालन, स्वास्थ्य परीक्षण र विपदमा परेकालाई उद्धार, राहत र पुनःस्थापना तथा खोप व्यवस्थापन सम्बन्धी काममा अरोरात्र जुटिरहेका छौँ।
भाडाको भवनबाट नगरपालिकाको प्रशासनिक कार्य गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै ७ रोपनी क्षेत्रफलमा स्थानीय कला, सस्कृति झल्कने खालको आफ्नै केन्द्रीय प्रशासनीक भवन र वडा कार्यालहरु भवनहरु निर्माण तथा व्यवस्थापन गर्न सफल भएका छौँ। सम्पूर्ण नगरवासीहरुको चाहना अनुरुप हाल आफ्नै भवनबाट प्रशासनीक कार्यहरु सञ्चालन गरिरहेका छौँ। त्यस बाहेक नगरवासीहरुलाई चुस्त, दुरुस्त र झञ्झटमुक्त वातावरणमा सेवा सञ्चालन गर्न प्रतिवद्ध छौँ।
यी ऐतिहासिक जिम्मेवारीहरुलाई बहन गर्दै उत्पादन, रोजगार, बजारीकरण र प्रविधिमैत्री सुशासन कायम गर्ने प्रमुख उद्देश्यका साथ स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, उद्यम र रोजगारी तथा सेवा प्रवाहमा हाम्रो प्राथमिकता रहेको छ। यही सङ्कल्पका साथ नेपालको ऐतिहासिक एवम् संघर्षशील लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको नगरप्रमुख पदको उम्मेदवारको रुपमा तपाईहरुका माझ अन्तन्तै लोकप्रिय विकास प्रेमी प्राज्ञिक व्यक्तित्व घनश्याम गिरीको नेतृत्वमा नगरपालिकाका।सबै वडामा वडाध्यक्ष तथा सदस्यहरुलाई तपाईँहरुका माझ प्रस्तुत गरेका छौँ।
काठमाडौँ उपत्यकाकाको सबैभन्दा ठूलो प्रशासनिक इकाइ रहेको चन्द्रागिरि नगरपालिकालाई भविष्यमा मुलककै नमूना प्रविधि मैत्री नगरपालिकाको रुपमा स्थापित गर्ने उत्कट अभिलाशाका साथ उत्पादन रोजगार र वजारीकरण : प्रविधि युक्त सुशासन भन्ने मूल नाराका साथ प्रस्तुत भएका हाम्रा उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराइदिनुहुन अनुरोध गर्दै हाम्रा उम्मेदवारहरुको तर्फबाट नेपाली कांग्रेस चन्द्रागिरि नगरकार्य समिति यो मार्गचित्र नगरवासी मतदाताहरु समक्ष प्रस्तुत गर्दछ।
हाम्रा मार्गचित्रहरु
१ सुशासन एवम् सूचना मैत्री नगर
–स्थानीय सरकारका सबै निकायहरुबाट छिटो, छरितो, चुस्त दुरुस्त र पारदर्शि ढंगबाट प्रविधि युक्त गुणस्तरीय सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाइने छ। यसका लागि GPS, GIS प्रणाली मार्फत सम्पूर्ण नगरपालिकाको डिजिटल प्रोफाइल तयार गरी Online मार्फत घरमै बसेर वडा तथा नगरपालिकाको सेवा लिन सक्ने व्यवस्था मिलाइने छ।
–अगामी ५ वर्षभित्र नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी नगरलाई डिजिटल सिटी बनाइने छ।
–नगरभित्रका सरकारी, गैरसरकारी तथा सहकारी सस्थाहरुलाई प्रविधि मैत्री बनाउन आवश्यक सहयोग र समन्वय गरिने छ।
–नगरपालिकाका गतिविधिका बारेमा आम नगरवासीलाई सूसुचित गराउने र सूचना प्रवाह गर्ने उद्देश्यले सूचना तथा प्रशारण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने छ।
२ उत्पादन प्रवद्र्धन र प्रोत्साहन
–नगरवासीहरुलाई उनीहरुको रुचि, इच्छा र क्षमता अनुसारको उत्पादनमूलक तालिम कार्यक्रम सञ्चालन गरिने र नगर स्तरीय व्यवसायिक तालिम केन्द्र स्थापना गरी बेरोजगार हरुलाई रोजगारीको अवसर मिलाइने छ।
–कृषिको आधुनिकीकरण तथा बजारीकरणको लागि कृषक तथा उद्यमीहरुको क्षमता अभिवृद्धि गरिने छ। किसान कल्याण, खाद्य तथा पोषण सुरक्षा, कृषि उद्यमशिलता विकास, वातावरण तथा जैविक विविधता संरक्षण गरिने छ।
–स्थानीय स्तरमा उत्पादित खाद्यवस्तु तथा तरकारी एवम् मासुहरुको बजारीकरणका लागि नगरपालिका भित्र कृषि बजारको स्थापना गरिने छ। साथै आवश्यकता अनुसार शीत भण्डारको समेत व्यवस्था मिलाइने छ।
–कृषि तथा पशुबीमा कार्यक्रम सञ्चालन गरि कार्यान्वयनमा ल्याइने छ।
३ प्राविधिक शिक्षालय र तालिम केन्द्र
– यस नगरभित्र बसोबास गर्ने नगरवासीहरुलाई लक्षित गरी छुट्टै प्राविधिक शिक्षालय र तालिम केन्द्रको स्थापना गरिने छ र तालिम पूरा गरेका व्यक्तिलाई व्यवसाय सञ्चालनमा आवश्यक सहयोग र समन्वय गरिने छ।
–निजी तथा सार्वजनिक कम्पनीहरुसँग साझेदारी र समन्वय गरी नगरवासीहरुलाई नगरपालिकाभित्रै रोजगारी प्रदान गर्ने व्यवस्था मिलाइने छ।
–स्वरोजगार मुलक व्यवसाय सञ्चालन गर्न चाहने नगरवासीहरुलाई आवश्यक तालिम, अनुदान, समग्री प्रदान गर्ने व्यवस्था मिलाइने छ।
–यस नगरभित्र कृषि, पशुपालन,उद्योग, कलकारखाना, जडिबुटी उत्पादन,खानी सञ्चालन, पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय सम्भावना रहेकाले त्यस तर्फ युवाहरुलाई प्रोत्साहित गरिने छ।
–नगरको विकास निर्माण तथा समृद्धिमा युवाहरुको ज्ञान, सीप, अनुभव सिर्जनशीलताको अधिकतम उपयोग गर्दै स्थानीय तहको नीति निर्माण सहित सम्पूर्ण निकायहरुमा युवाहरुको प्रतिनिधित्व र सहभागिता गराइने छ र विशेष गरी रोजगारी र उद्यमशीलताको विकास गरी रोजगारका लागि विदेश जानुपर्ने परिपाटीलाई निरुत्साहित गरिने छ।
४ प्रविधि मैत्री शिक्षामा जोड
–एक्काइसौँ शताब्दिमा बालबालिकाको रुचि र क्षमता अनुसार पठन पाठन गर्नका लागि सम्पूर्ण सामूदायिक विद्यालयलाइ उत्कृष्टताको केन्द्र (Center of Excellence) बनाउन प्राथमिकता दिइने छ। यसका लागि आधारभूत प्रविधि पूर्वाधारको विकास गरिने छ र आवश्यकता अनुसार ICT LAb स्थापना गरिने छ।
– ‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्दै बालबिकासदेखि माध्यामिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लाने नीति अवलम्बन गरिने छ। फरक क्षमता भएका तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायबाट आउने विद्यार्थीहरू तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइने छ।
–विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरुप नगरपालिका भित्र रहेका विद्यालयहरुमा प्राविधिक विषय सञ्चालनमा जोड दिइने छ। मौलिक ज्ञान (Indigenous Knowledge) र आधारभूत जीवन सीपहरू (Life Skill)सम्वद्र्धन र संरक्षण हुने गरी पाठ्यक्रमलाई परिमार्जन गरिने छ।
–सस्थागत विद्यालयहरुको गुणस्तर वृद्धि गर्न आवश्यक सहयोग उपलब्ध गराइने छ र यसका लागि समन्वयकारी भूमिका निर्वाह गरिने छ।
– यस नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरु मध्ये पूर्वाधार सम्पन्न विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।
५ गुणस्तरीय स्वास्थ सेवा प्रवद्र्धन
–नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखि ‘सबै नीतिमा स्वास्थ्य ’भन्ने मान्यताका साथ योजना, कार्यक्रम र बजेट बनाइने छ । विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट बन्चित समुदायलाई आधारभूत स्वास्थ्य सेवाहरुमा पहुँच सुनिश्चित गरिने छ।
–नगर भित्र सम्पूर्ण स्वास्थ्य सस्थामा पूर्वाधार ,जनशक्ति र उपकरणको व्यवस्था गरी निः शुल्क आधारभूत स्वास्थ्य सेवाको व्यवस्था मिलाइने छ। स्वस्थ नगरवासी : घरमै स्वास्थ्य सेवालाई लागू गरिने छ।
–हाल चन्द्रागिरि –४ थानकोटमा सञ्चालित नगर अस्पतालको श्यया विस्तार गरिने छ । साथै उक्त स्थानमा करिव रु १ अर्बको लागतमा निर्माण हुन लागेको अत्याधुनिक सुविधा सम्पन्न प्रसूति अस्पताल छिटो निर्माण सम्पन्न गर्न सहजीकरण तथा आवश्यक सहयोग गरिने छ। अस्पतालबाट नगरवासीलाई न्यूनतम शुल्कमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ।
–नगरवासीहरुको माग र आवश्यकतालाई हेरी बलम्बू, मतातीर्थ लगायतका स्थानहरुमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने छ।
–ज्येष्ठ नागरिक र लक्षित वर्गका नागरिकहरुलाई निः शुल्क स्वास्थ्य सेवा तथा आवश्यक औषधि वितरण गरिने छ। नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउनेक्रममा सयम समयमा स्वास्थ्य शिविर आयोजना गरिने छ।
–नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य स्वयंसेविका मार्फत प्रत्येक नगरवासीको घर घरमा गई स्वास्थ्य जनचेतना फैलाइने छ। स्वाथ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ। विपन्न, असहाय र ज्येष्ठ नागरिकको निः शुल्क बीमाको व्यवस्था कार्यान्वयन गरिने छ ।
–वृद्ध वृद्धा , असहाय तथा विपन्न परिवारका सदस्यहरुलाई निः शुल्क औषधोपचारको व्यवस्था मिलाउनुका साथै नगरभित्रका सम्पूर्ण स्वास्थ्य सस्थाहरुबाट त्यस्ता वर्गका व्यक्तिहरुलाई सहज ढंगबाट छुट्टै सेवा दिने व्यवस्था मिलाइने छ ।
–नगरभित्रका प्रत्येक वडामा कम्तिमा एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिने छ र ज्येष्ठ नागरिकहरुलाई देश दर्शन,तीर्थाटनको व्यवस्था मिलाइने छ ।
–ज्येष्ठ नागरिकहरुलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रियामा सहजता ल्याइने छ साथै घरमै गएर भत्ता वितरणको गर्ने व्यवस्था मिलाइने छ।
–नगरभित्र निर्माण हुने सम्पूर्ण भौतिक संरचनाहरु फरक क्षमता भएका अपाङ्गता मैत्री बनाइने छ र फरक क्षमता भएका बालबालिकाको पठन पाठनको अधिकारलाई सुनिश्चित गर्न छुट्टै विद्यालय स्थापनामा जोड दिइने छ।
–फरक क्षमता भएका अपाङ्गताको आवश्यकता हेरी अपाङ्गता परिचय पत्र प्रदान गरिने छ। साथै कृतिम अङ्ग तथा सामग्रीहरु तथा सुविधा वृद्धि गरिने छ।
७ सफा र रमणीय वातावरण
–नगरभित्र हरियाली कायम गराउन एक घर एक रुख रोप्ने अभियान सञ्चालन गरिने साथै प्रत्येक घरको सुन्दरता कायम गर्न प्रत्येक घरमा ससाना फूलबारी निर्माण गर्न अभिप्रेरित गरिने र नगपालिकाले निः शुल्क रुपमा फलफूल विरुवा तथा अन्य विरुवा उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
–सार्वजानिक स्थलहरुमा बाल उद्यान, पाकर्, खुल्ला व्यायमशाला, हरित स्थानको व्यवस्था गरिनेछ। हाल निर्माण सम्पन्न भएका पार्कहरुको उचित संरक्षण गरिने र सडक तथा नदी किनारामा वृक्षारोपण गरी हरियाली कायम गरिने छ।
–थानकोटस्थित हाल जीर्ण अवस्थामा रहेको सहिद स्मारक प्रकृति प्रतिष्ठान ९त्रिभूवन पार्क ० लाई नगरपालिका मातहत ल्याई मुलुककै उत्कृष्ठ पार्क तथा गन्तव्य स्थलको रुपमा विकास गरिने छ।
–त्रिभूवन राजपथ (कलङ्की –नागढुङ्गा– पिपलामोड) का छेउछाउ लगायत नगरपालिका भर ढल निकासको उचित प्रबन्ध मिलाइने र खोलामा प्रदूषित ढल मिसाउने कार्यलाई पूर्णतः निषेध गरिने छ।
–नगरपालिका भित्रका मुख्य मुख्य सार्वजानिक स्थलमा free wifi सेवा, विश्राम स्थल र सार्वजानिक शौचालय निर्माण गरिने छ। साथै व्यस्त चोकहरुमा आकाशे पुल निर्माण गरिने छ।
८ पर्यटन प्रवद्र्धन : धर्म ,संस्कृति ,कला र गुठी संरक्षण
–सास्कृतिक तथा धार्मिक महत्वका स्थानहरु मातातीर्थ, मच्छेनारायण मन्दिर, इन्द्रदह, विष्णुदेवी मन्दिर, चन्दन भराटेश्वर महादेव मन्दिर, त्रिवेणी महालक्ष्मी मन्दिर, कालिका मन्दिर,भालेश्वर मन्दिर लगायत पवित्र धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण र सम्वद्र्धन गर्न गुरु योजना तयार गरी कार्यान्वयन गरिने छ।
–यस नगरपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विभिन्न स्थानहरुम पर्यटकलाई लक्षित गर्दै घरवास (होमस्टे) होटल, रेष्टुरेण्ट, लज, ट्रेल मार्ग निर्माणमा प्रोत्साहन गरिने छ। साथै नगरपालिका भित्र आउने पर्यटकहरुलाई मार्गदर्शन गर्न पद प्रदर्शक (Tourist Guide) को व्यवस्था गरिने छ र पर्यटकहरुको सेवा, सुविधा र सुरक्षाको प्रत्याभूति गराइने छ ।
–अनादी/सनातन कालदेखि समुदायमा सञ्चालित गुठी, जात्रा तथा पर्वहरुको संरक्षण,सम्वद्र्धन गर्न स्थानीय समुदायमा रहेका कला सस्कृति, स्थानीय भाषा , साहित्य र संगितसंग सम्बन्धित संग्रालय , ग्यालेरी र थिएटरहरुको व्यवस्था गरिने छ । विभिन्न धर्म सस्कृति, सम्प्रदायको धार्मिक स्थलहरुको संरक्षण गरिने छ ।
९ सामाजिक उत्तरदायित्व
–नगरपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी संघ सस्थालाई आ आफ्नो निश्चित क्षेत्रको सर सफाई, सुरक्षा, पर्यावरणीय सुधारका पूर्वाधारहरुका लागि परिचालन गरिने र वातावरणीय सरसफाइ कायम गराइने छ ।
–नगरपालिका भित्र रहेका कल , कारखाना, होटल, उद्योग ब्यवसाय,बैँक तथा वित्तीय सस्थाहरु, शैक्षिक संस्थाहरु लगायत नीजि कम्पनी तथा फर्महरुको प्रवद्र्धन , संरक्षण र प्रोत्साहन सहित आवश्यक समन्वय गरी नगरवासीहरुलाई रोजगारीको अवसर प्रदान गरिने छ ।
–समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा निकायहरुसंग समन्वय एवं सहकार्य गरी दुब्र्येसनि नियन्त्रण, सुरक्षा व्यवस्था , सडक सुरक्षा ,आपराधिक क्रियाकलाप एवं गतिविधि नियन्त्रण गर्न प्रभावकारी भूमिका निर्वाह गरिने छ ।
–यस नगरपालिका भित्र बसोबास गर्ने वहालवाला तथा निवृत्त उच्च पदस्थ कर्मचारी, प्राध्यापक , शिक्षक स्वास्थ्यकर्मी, इञ्जिनियर , वकिल , पत्रकार लगायत अन्य विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुलाई नगरपालिकाको विकास तथा प्रवद्र्धनमा संलग्न गराइने छ ।
–यस नगरपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण महिला, दलित, जनजाति, एकल महिला तथा विभिन्न सम्प्रदायका व्यक्तिहरुको उत्थान तथा सशक्तिकरणमा समन्वय एवम् सहयोग गरिने छ
१० उद्यमशीलता/स्वरोजगार
–विभिन्न पेशा व्यवसाय गरी स्वरोजगार बन्न चाहने नगरवासीहरुलाई झन्झट मुक्त तरिकाले व्यवसाय दर्ता गर्ने वातावरण सिर्जना गरिने र आवश्यकता अनुसार सहुलियत दरमा ऋण (soft loan) को व्यवस्था मिलाइने साथै नगरपालिकबाट लिइने कर छुटको व्यवस्था गर्दै पूर्वाधार निर्माणमा सहयोग गरिइने छ ।
–युवा तथा महिला शसक्तिकरणका लागि सीपमूलक÷व्यवसायमूलक तालिममा सहभागि बनाइने साथै ऋत्भ्ख्त् संग समन्वय गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था सहित रोजगारीमा प्राथमिता दिइने छ
–विभिन्न सिप सिकेर विदेशबाट स्वदेश फर्किएका नगरवासीलाई स्थानीय स्तरमै व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने कार्यक्रम ल्याइने छ ।
११ कृषि, पशुपालन तथा उद्योग व्यवसाय प्रवद्र्धन र बजारीकरण
–यस नगरपालिका भित्र रहेका कृषकहरुको पहुँचमा आधारित कृषि बजार/एकीकृत स्रोत बजारको स्थापना गरिने र स्थानीय किसान तथा अन्य व्यवसायीहरुबाट उत्पादित वस्तुहरु किसान तथा उत्पादनकर्ताहरुले निर्धारण गरेको मूल्यमा उक्त बजारबाट विक्री वितरण गर्ने व्यवस्था मिलाइने छ।
–नगरपालिकाको लगानीमा नगरभित्र विभिन्न स्थानमा प्रदर्शनी कक्ष स्थापना गरिने छ। नगरपालिकाबाट प्रदान गरिने सीपमूलक तालिमबाट सिकेका सीप प्रयोग गरी नगरवासीले उत्पादन गरेका विभिन्न बस्तुहरु उक्त प्रदर्शनी कक्षबाट विक्री वितरण गर्ने व्यवस्था मिलाइने छ।
–विभिन्न बैक तथा वित्तीय सस्थाहरुको समन्वयमा व्यवसाय सञ्चालन गर्न चाहने नगरवासीहरुलाई सहुलियत दरमा ऋण उलब्ध गराइने र त्यस्तो ऋणको ब्याज रकम नगरपालिकाले तिर्ने व्यवस्था मिलाइने छ।
–यस नगरपालिका भित्र प्रचुर सम्भावनाका रुपमा रहेको पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न आवश्यक अनुदान तथा सामग्रीहरुको निः शुल्क व्यवस्था मिलाइने छ र यसबाट नगरवासीलाई आत्मनिर्भर बनाउन प्रयास गरिने छ ।
१२ चुस्त र दुरुस्त प्रशासन
–नगरवासीहरुको समग्र सुरक्षा कायम गर्दै भयमुक्त वातावरणमा व्यवसाय सञ्चालनको प्रत्याभूत गर्न नगरप्रहरीको व्यवस्था गरिने छ ।
–सरकारी तथा निजी संस्थाहरुले दिने सेवा प्रभावकारी बनाउन आवश्यक समन्वय र अनुगमन गरिने छ र सुचारु रुपमा सेवा प्रदान गर्ने उपर दण्ड र सजायको व्यवस्था मिलाइने छ ।
–नगरपालिकाको वृहत्त गुरु योजना तयार गरी त्यस अनुरुप विभिन्न दातृ निकायहरुसंगको सहयोगमा पूर्वाधार निर्माण गरिइने छ र योजना कार्यान्वयन गर्ने व्यवस्था मिलाइने छ।
–एकद्वार प्रणालीबाट नगरपालिकाको सम्पूर्ण निर्माणका कामहरु अगाडि बढाउने र श्रोत र साधनलाई समानुपातिक रुपमा वितरण गर्ने परिपाटी मिलाइने छ।
१३ व्यवस्थित नगरपालिका
–नगरपालिका भित्र निर्माण गरिने संरचनाहरु नगरको गुरुयोजना अनुरुप निर्माण स्वीकृति प्रदान गरिने छ।
– नगरभित्र रहेका विभिन्न संघ सस्थाहरुको नक्साङकन गरी निश्चित मापदण्डका आधारमा नयाँ सस्था सञ्चालनको स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
–नगरपालिका भित्र हाल कायम भएका २ वटा सम्पदा वस्तीहरु (बलम्बु र किसिपिडी) भित्र निर्माण गरिने संरचनाहरु निश्चित मापदण्डका आधारमा तयार गरी ती बस्तीहरुलाई पर्यटक आकर्षणको केन्द्रका रुपमा विकास गरिने छ।
–सार्वजानिक स्थल, राजमार्ग र नगरभित्रका सडकमा सिसी क्यामेरा तथा सडक बत्ती जडान गर्ने व्यवस्था मिलाइने छ। नगरपालिका भित्रका छाडा चौपायाहरुको उचित व्यवस्थापन गरिने छ।
१४ खेलकूद
–यस नगर अन्तर्गत विभिन्न वडाहरुमा आवश्यकता अनुसार खेलमैदान तथा कभर्ड हल निर्माणमा सहयोग गरिने छ । हाल सञ्चालित खेलमैदानलाई व्यवस्थित गरिने छ। साथै सबै खेलपे्रमीहरुको रुचि अनुसार खेल प्रवद्र्धन तथा संरक्षण गरी आवश्यक सहयोग प्रदान गरिने छ।
–नगरभित्र सम्भावित स्थनहरु पहिचान गरी बञ्जीजम्प, प्यारालाग्लाइडिङ जस्ता शाहसिक खेलकूद सञ्चालनको व्यवस्था मिलाइने छ। साथै पदयात्रा मार्गलाई प्राथमिकता दिइने छ।
१५ पूर्वाधार निर्माण
–चन्द्रागिरि चक्रपथलाई पूर्णता दिइ कार्यान्वयमा ल्याइने छ र बल्खु खोला करिडोरलाई छिटो, छरितो ढंगबाट सम्पन्न गर्न समन्वय र पहल गरिने छ । साथै खोलाको दायाँवायाँ वृक्षारोपण गरी हरियाली कायम गरिने छ।
–एक घर एक धारा कार्यक्रमलाई कार्यान्वयन गर्न नगरभित्र रहेका खानेपानीका मुहान तथा श्रोतलाई पहिचान गरी एकीकृत खानेपानी योजना सञ्चालन गरिने छ।
–पातले वन, इन्द्रदह, भालेश्वर , मातातीर्थ मच्छेगाउँ,भेराडील पार्क जस्ता स्थानहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने छ । नगरपालिका भित्रका सार्वजानिक जग्गाको संरक्षण गरिने छ साथै नगरपालिका भित्रका वन व्यवस्थापन गरिने छ ।
–कलङ्की –नागढुङ्गा –पिपलामोड सडक खण्डको बाटोमा ११ मीटर बाहिरका घरहरुको नगरपालिकाबाट अभिलेखीकरण गरी घरनक्शा पास गरिने छ । साथै सो खण्डको राजमार्गलाई ११/११ मीटरको शहरी मार्ग ९द्यगष्ति गउ बचभब०कायम गर्न पहल गरिने छ ।
१६ विपद् व्यवस्थापन
– नगरपालिकाको सबै वडाहरुको संकटासन्नता र क्षमता नक्शाङ्कन तथा समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण गर्न समुदायको क्षमता अभिवृद्धि गरिने छ ।
–नगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन श्रोत केन्द्रको स्थापना गरिने छ । श्रोत केन्द्रमा विपद् जोखिम न्युनिकरणको सिकाइ, ऐन , नियम तथा निर्देशिका तालिम सामग्री तथा असल अभ्यासलाई अभिलेखिकरण गरिने छ ।
–प्रकोप ९ महामारी, आगलागी , वाढी , पहिरो, सडक दुर्घटना लगायत ० जोखिम न्यूनिकरणका लागि विपद् पूर्व तयारी र प्रतिकार्य योजना बनाइ कार्यान्वयन गरिने छ । प्राकृतिक प्रकोपहरुबाट समुदायको संकटासन्नताको अवस्था, जोखिम र जलवायु विविधतामा यसको प्रभाव एवम् जोखिमहरु विश्लेषण गरी अनुकूलन रणनीतिहरु बनाइने छ।
१७ सार्वजानिक यातायात
–यस नगरपालिका भित्रका बस्तिहरुलाई सर्वसुलभ रुपमा यातायातको प्रत्याभूत गराउन सबै बस्तिहरुसम्म सार्वजानिक बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ।
–नगरपालिकाले निर्धारण गरेका समयमा सार्वजानिक बस सेवा सञ्चालन गर्ने व्यवस्थाका लागि नीजि व्यवसायिसंग समन्वय गरिने छ। साथै चन्द्रागिरि बस सेवा (city Bus)प्रभावकारी रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ।
१८ फोहर व्यवस्थापन /पर्यावरण
–पर्यावरणीय सन्तुलन कायम गराउन एक घर एक रिचार्ज स्थल निर्माणमा प्रोत्साहित गरिने छ। सार्वजनिक स्थलहरुमा रिचार्ज पोखरी निर्माण गरिने छ।
–नगरपालिकाभित्र निस्कने फोहरलाई व्यवस्थित गर्दै फोहरबाट आयआार्जन र रोजगारी सिर्जना गर्ने योजना ल्याइ कार्यान्वयन गरिनेछ । १९ स्थानीय, संघ सस्था तथा सहकारी
– अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा रहेको सहकारी र वित्तीय सस्थाको प्रवद्र्धन तथा अनुगमन गरिने छ। उत्पादन, रोजगार र वजारीकरणका लागि नगरपालिका भित्र सञ्चालित सहकारीहरुसंग समन्वय तथा सहकार्य गरिने छ।
२० स्थानीय स्रोत साधनको अधिकतम परिचालन
राजस्वको आधारलाई फराकिलो बनाउँदै स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरिनेछ। कर छलि र चुहावट रोक्न शून्य सहनशीलताको कडा अभ्यास गरिनेछ।
–ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आयआर्जनको आधार बनाइने छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading