निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बागमती प्रदेश

नीति तथा कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक, सीप तथा उद्यमशीलता विकास गरी आत्मनिर्भर बन्न प्रोत्साहन गरिने

नीति तथा कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक, सीप तथा उद्यमशीलता विकास गरी आत्मनिर्भर बन्न प्रोत्साहन गरिने

635
SHARES

काठमाडौं : बागमती प्रदेश सरकारले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको सीप तथा उद्यमशीलता विकास गरी आत्मनिर्भर बन्न प्रोत्साहन गरिने जनाएको हो।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको संरक्षण सम्बन्धी नीति कार्यान्वयनमा ल्याउने उल्लेख गरेका छन्।
यौनिक तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना जगाउन ‘हाम्रो ध्यान, युवा सचेतना अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
बालबालिका तथा युवालाई लक्षित गरी लागु औषध दुर्व्यसन, जातीय विभेद, सामाजिक कुरीति, यौनिक तथा लैङ्गिक हिंसा, घरेलु हिंसा, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार, बाल विवाह, मानव बेचबिखन र विद्युतीय अपराध विरुद्ध सचेतना जगाउन अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकप्रति समाजमा रहेको भ्रम हटाउन विशेष कार्यक्रम
अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकप्रति समाजमा रहेको भ्रम हटाउने विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका थिए।
नेपालमा नयाँ संविधान जारी भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भ्रम हटाउने, सीप मूलक तालिम सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि जिल्लास्तरमा समन्वय एकाइ

समाचार शेयर गर्नुहोस्
635
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.