सेञ्चुरी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपको २० प्रतिशतसम्मको छुट

सेञ्चुरी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपको २० प्रतिशतसम्मको छुट

काठमाडौं : सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटी प्रा.लि.बीच विभिन्न सेवा सुविधाहरूमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
बैङ्कको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरू, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरू, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरूलाई सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीको देशभरि सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको सेञ्चुरी बैङ्कले जनाएको छ।
सम्झौता पत्रमा बैङ्कको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीकातर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडले १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.