निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नीति तथा कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

नीति तथा कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

सुदूरपश्चिम सरकारले मुलप्रवाहीकरण गर्ने, मधेस प्रदेश सरकारले आवश्यकता र मागको आधारमा तालिम दिने

739
SHARES

काठमाडौं : सुदूरपश्चिम सरकारले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुलप्रवाहीकरण गर्ने जनाएको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मर्यादित जीवनयापनका लागि आवश्यक व्यवस्था गरिने उल्लेख गरेको हो।
‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुलप्रवाहीकरण गरी मर्यादित जीवनयापनका लागि आवश्यक व्यवस्था गरिनेछ’प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लेखिएको छ।
यस्तै मधेस प्रदेशले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको लागि आवश्यकता र मागको आधारमा सीपमूलक तालिम प्रदान गर्ने जनाएको छ।
प्रदेश प्रमुख हरि शङ्कर मिश्रले प्रस्तुत गरेको मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा अल्पसङ्ख्यकहरू प्रति समाजमा देखिएका रूढिवादी परम्परा विरुद्ध सामाजिक व्यवहारमा परिवर्तन ल्याउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने भनेको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकप्रति समाजमा रहेको भ्रम हटाउन विशेष कार्यक्रम
सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रममा पिछडिएका, अति विपन्न, गरिब, असहाय, सीमान्तकृत, लोपोन्मुख र जोखिममा रहेका राजी, राउटे, बादी, मुक्त कमलरी, कमैया, हलियाको उत्थानका लागि आयआर्जन र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्ने भनेको छ।
ज्येष्ठ नागरिक र नयाँ पुस्ताकाबीचमा अन्तरपुस्ता ज्ञान सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने र स्थानीय तहसँगको साझेदारीमा ज्येष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
जातीय विभेद, सामाजिक कुरीति, यौन तथा घरेलु हिंसा,मानव बेचबिखन र विद्युतीय अपराधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक, सीप तथा उद्यमशीलता विकास गरी आत्मनिर्भर बन्न प्रोत्साहन गरिने
मधेस प्रदेशले ‘बेटी पढाऔँ बेटी बचाऔँ’ अभियान अन्तर्गत कक्षा आठमा अध्ययनरत छात्राहरूलाई साइकल खरिद गर्न विद्यालयमा अनुदान रकम उपलब्ध गराउने भएको छ। प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन एक थान ल्यापटप दिने नीति तथा कार्यक्रम प्रदेश सरकारले सार्वजनिक गरेको हो।

समाचार शेयर गर्नुहोस्
739
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.