"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जहाजको आयु

पाइलटले चान्स लिँदा दुर्घटनाको जोखिम, विमानको आयु तोक्ने कसले?

पाइलटले चान्स लिँदा दुर्घटनाको जोखिम, विमानको आयु तोक्ने कसले?

सुरक्षित हवाई उडानमा सहयोग गर्ने एयर ट्राफिक कन्ट्रोलरसँग बीच बाटोको सूचना हुँदैन

779
SHARES

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वमहाप्रवन्धक देवेन्द्र केसीले नेपालमा प्राविधिक कारणबाट विमान दुर्घटनामा नपरेको बताएका छन्। जति पनि दुर्घटना भएका छन् ती सबै मौसमका कारण भएका केसीले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा ३२ वर्ष सेवा गरेर भरखरै मात्र अवकाश पाएका केसीले प्राविधिक कारण जहाज दुर्घटनामा नपरेको दाबी गरेका हुन्। उनले जहाज उडाउने पाइलटले स्टेसनको मौसमको मात्रै जानकारी लिएर जहाज उडाउँदा दुर्घटना हुने गरेको बताए।
‘पाइलटलाई स्टेसनको मौसमको जानकारी दिइएको हुन्छ,’उनले भने,‘बीचको मौसमको बारेमा पाइलटलाई जानकारी हुँदैन।’ आकाशमा बादल लागेको समयमा उडिरहेको जहाजका पाइलटले चान्स लिन खोज्दा पहाडमा ठोकिएर दुर्घटना हुने गरेको उनले बताए।
नेपालमा अहिलेसम्म हवाई दुर्घटनाबारे अनुसन्धान गर्दा मर्मतसम्हारमा समस्या रहेकै कारण विमान दुर्घटनामा परेको नदेखिएको पूर्वमहाप्रवन्धक केसीले बताए।
‘सुरक्षित हवाई उडानमा सहयोग गर्ने एयर ट्राफिक कन्ट्रोलरसँग बीच बाटोको सूचना हुँदैन। मौसम छिटो परिवर्तन हुन्छ। बादल लागेको छ भने हवाई उडान गर्नु हुँदैन,’उनले भने,‘चान्स नलिएर फर्कँदा धेरै उडान रुद्ध हुन सक्छन्।’
मौसम खराब हुँदा उडान नभर्ने र उडान हुँदा बादल लागे चान्स नलिई फर्किनु पर्ने उनले सुझाव दिए। नेपालमा नागरिक उड्डयन प्राधिकरणले विमानको सबै पार्टपुर्जा चेकजाँच गरेर उडान योग्यताको प्रमाणपत्र जारी गर्ने गरेको उनले बताए। ‘विमान कति वर्ष पुरानो हो,जहाजका अङ्गहरूको आयु हुन्छ,’उनले भने,‘योग्य छैन भने त पाइलटले पनि उडान भर्दैनन्’
जहाजको आयु सम्बन्धित कम्पनीले तोक्नु पर्ने उनले बताए। उनले नियम उल्लङ्घन गर्ने पाइलटलाई कारबाही गर्ने गरिएको बताए। उनले नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको पनि बताए।
पूर्वमहाप्रवन्धक देवेन्द्र केसीसँगको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोला।

समाचार शेयर गर्नुहोस्
779
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.