मिस्टर एन्ड मिस थारुको आवेदनका लागि ६ सय रुपैयाँ शुल्क

मिस्टर एन्ड मिस थारुको आवेदनका लागि ६ सय रुपैयाँ शुल्क

16k
SHARES

काठमाडौँ : चौथो संस्करणको मिस्टर एन्ड मिस थारु २०२२ को आवेदन खुल्ला भएको छ। आयोजक जह इन्टरटेनमेन्ट प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गरेर नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीले रजिस्ट्रेसन डट जह इन्टरटेनमेन्ट डटकममा गई अनलाइन आवेदन दिन सक्नेछन्।
खल्ती एपमार्फत पनि आवेदन दिन सकिने जह इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए। आवेदनका लागि ६ सय रुपैयाँ शुल्क तोकिएको छ।
आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ। मिस्टर एन्ड मिस थारुको आवेदन खुल्ला गरिएसँगै अडिसनको मिति समेत तय गरिएको छ।
विगतमा जस्तै यसपटक पनि देशका मुख्य १० सहरमा अडिसन हुँदै छ। अडिसन साउन २१ गते शनिवारदेखि सुरु हुनेछ। पहिलो दिन सुनसरीको झुम्का, वीरगन्ज, भरतपुर र बाँकेको नेपालगन्जमा अडिसन हुनेछ।
यस्तै दोस्रो अडिसन साउन २४ गते विराटनगर, सिराहाको लहान र कैलालीको टीकापुरमा एकैसाथ हुनेछ। तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौँ, दाङ र बुटवलमा हुनेछ।
अडिसनबाट छनोट भएकाहरूलाई भदौमा अभिमुखीकरणमा सहभागी गराइने र त्यसलगत्तै काठमाडौँ बाहिर ग्राण्ड फिनाले गर्ने आयोजकले जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.