निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विपद् अध्ययन तथा सिकाई केन्द्र सञ्चालनका लागि रेडक्रसको सहयोग

विपद् अध्ययन तथा सिकाई केन्द्र सञ्चालनका लागि रेडक्रसको सहयोग

743
SHARES

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले विपद् अध्ययन तथा सिकाई केन्द्र सञ्चालनका लागि बुढानीलकण्ठ नगरपालिकालाई सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको छ।
नेपाल रेडक्रस सोसाइटी, विपद् व्यवस्थापन विभाग केन्द्रीय कार्यालयबाट सञ्चालित तथा ब्रिटिस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा काठमाडौँ जिल्ला शाखाका निवर्तमान सभापति मथुरा राम श्रेष्ठले नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन्। शनिबार मात्रै काठमाडौं जिल्ला शाखाकाे सभापतिमा श्यामकाजी डाेटेल निर्वाचित भएका छन्।
नगर प्रमुख अधिकारीले विपद् अध्ययन तथा सिकाई केन्द्रका लागि प्राप्त सामग्रीबाट नगरपालिकाको विपद् प्रतिकार्य क्षमतामा थप टेवा पुग्ने बताए। रेडक्रसको समन्वयमा प्राप्त विपद् अध्ययन तथा सिकाइ केन्द्र सञ्चालनका लागि प्राप्त सामाग्रीहरूको पूर्ण सदुपयोग गर्ने उनले विश्वास दिलाए।
विपद् अध्ययन तथा सिकाई केन्द्रको लागि सामग्रीहरू हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका सभापति मथुराराम श्रेष्ठले बुढानीलकण्ठ नगरपालिकालाई लक्षित गरी विगत ६ वर्ष देखि जिल्ला शाखाले विपद् तथा कोभिडका कार्यक्रमहरू सञ्चालन गरेकोमा सबै सफलताका साथ सम्पन्न भएको बताए। विपद्मा परेका नगरबासीहरूलाई तत्काल प्रतिकार्यका लागि सुव्यवस्थित सूचना प्रणाली सहयोगी बन्ने विश्वास सभापति श्रेष्ठले व्यक्त गरे। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले नेपाल रेडक्रस सोसाइटी सरकारको सहायकको भूमिकामा सदैव कार्य गर्दै आएको बताए। उनले विपद् जोखिम न्यूनीकरणमा तथा व्यवस्थापनमा आफूहरू नगरपालिकासँग हातेमालो गरेर कार्य गर्न तयार रहेको उल्लेख गरे।
ब्रिटिस रेडक्रसका नेपाल प्रतिनिधि कृति रेले नगर लक्षित कार्यक्रमहरू लक्ष्य अनुरूप प्रगति भएको भन्दै नगरपालिकाले कार्यक्रमलाई अपनत्वका साथ लिएकोमा खुसी व्यक्त गरे। उनले विपद् जोखिम न्यूनीकरण कार्यमा थप सहयोग तथा साझेदारी कार्य गर्न सकिने जानकारी दिए।
विपद् अध्ययन तथा सिकाई केन्द्रको लागि सामग्रीहरू हस्तान्तरण कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका नगर उप प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, विपद् शाखा प्रमुख दुर्गा कार्की साथै नेपाल रेडक्रस सोसाइटी, विपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपाने, सञ्चार विभाग निर्देशक धर्मदत्त विडारी, विपद् व्यवस्थापन विभागका उप निर्देशक रुद्र नारायण अधिकारी, कपन उपशाखा सभापति पुष्कर चालिसे तथा ब्रिटिस रेडक्रस र नेपाल रेडक्रस सोसाइटीका कार्यक्रमसँग सम्बन्धित कर्मचारीहरूको उपस्थिति सामग्री हस्तान्तरण गरिएको रेडक्रस सोसाइटी जिल्ला शाखा काठमाडौँले जनाएको छ। हस्तान्तरण कार्यक्रमको सहजीकरण काठमाडौँ जिल्ला कार्यक्रम संयोजक ललित खतिवडाले गरेका थिए भने सामग्री तथा सूचना केन्द्रको बारेमा ब्रिटिस रेडक्रसका मनिन्द्र स्थापितले जानकारी गराएका थिए। पहिलोपटक नाम र पदमा समाचार ढिलाे प्रकाशित गर्दा अन्यथा भएकोले सच्याएका छाैं। पहिचान मिडिया

समाचार शेयर गर्नुहोस्
743
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.