निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

४२ औँ अधिवेशन

रेडक्रस काठमाडौं सभापतिमा डोटेल निर्वाचित

रेडक्रस काठमाडौं सभापतिमा डोटेल निर्वाचित

602
SHARES

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको सभापतिमा श्यामकाजी डोटेल निर्वाचित भएका छन्।
शाखाको ४२ औँ अधिवेशनमा डोटेल ६९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। डोटेल यस अगाडि शाखाको मन्त्री थिए। नवनिर्वाचित सभापति डोटेलका निकटतम प्रतिस्पर्धी लबराज श्रेष्ठले ३४ मत प्राप्त गरिन।
शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा वृद्धिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा सुनिलकुमार श्रेष्ठ, उपकोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित भएका छन्।
यसैगरी सदस्यमा पुष्कर चालिसे, श्यामलाल तण्डुकार, अमृतनारायण मानन्धर, विदुर भट्टराई, राजेन्द्र बानियाँ, लक्ष्मीप्रसाद कुइँकेल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रतीक्षा खरेल, मञ्जु पाण्डे र सब्बरानी महर्जन चयन भएका छन्।
निर्वाचनमा जिल्ला शाखाअन्तर्गतका १८ उपशाखामध्ये १७ ले नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन्। रेडक्रसको आदर्श, सिद्धान्त र मूल्य–मान्यताअनुसार सामूहिक नेतृत्वमा नेरेसो काठमाडौँलाई लैजाने निर्वाचित सभापति डोटेलले बताएका छन्। नवनिर्वाचित कार्यसमितिमा जिल्लाका अधिकांश उपशाखाको प्रतिनिधित्व भएको उनले बताए।
उनले काठमाडौँ जिल्ला शाखाको निर्वाचन नेरेसोको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उदाहरण बन्न सक्ने बताए। शाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई सहजीकरण गरिरहेको जनाएको छ। सहरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम सञ्चालन गरिरहेको शाखाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
602
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.