भैरहवा : नवलपरासी सुस्ता पश्चिमको रामग्राम नगरपालिकाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूसँग सहकार्य गर्ने बताएको छ। नगरपालिकाकी उप—प्रमुख सम्झना चौधरीले मानिस जुन लिङ्गको भए पनि लिङ्गकै आधारमा विभेद गर्न नहुने बताइन्।
उनले नवलपरासी जिल्लामा बसोबास गर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई लुकेर नबस्न आग्रह गरिन्। अधिकार प्राप्तिका लागी प्रमुख मुद्दाहरू लिएर अगाडी आउन उनले सुझाव दिइन।
क्यान्सर पीडित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी आनिक राणालाई आर्थिक सहयोग दिने कार्यक्रममा चौधरीले रामग्राम नगरपालिकाले सधैँका वर्ष जस्तो यो वर्ष पनि बजेट विनियोजन गरेको जानकारी दिइन। उनले सशक्तीकरण नेपाललाई नगरपालिकासँग सहकार्य गर्न सुझाव दिइन।
विविध यौनिकता विविध लैङ्गिकता,संस्कृति सम्बद्ध गर्ने हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ रामग्राम नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग तथा सशक्तीकरण नेपाल नवलपरासी सुस्ता पश्चिमको आयोजनामा कार्यक्रम भएको हो।
कार्यक्रममा एक्लोलाई सहारा दिने वृक्ष समूह भैरहवाकी कार्यालय प्रमुख मनिला न्यौपानेले भगवान् शिवलाई अर्धनारेश्वरको रूपमा पुज्ने समाजले शिवको अर्को रूप तेस्रोलिंगीलाई विभेद गर्दा दुःख लागेको सुनाइन। ‘अब नबुझे कहिले बुझ्छ यो समाजले हामीलाई? के हामी धर्तीमा उम्रिएका बनस्पति हौ र?’ न्यौपानेले प्रश्न गरिन्।
कार्यक्रम क्यान्सर पीडित आनिक रानालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.