प्रतिभा सुवेदीको मेरो पहिचान पुस्तक सार्वजनिक

प्रतिभा सुवेदीको मेरो पहिचान पुस्तक सार्वजनिक

5k
SHARES

काठमाडौं : नारी चेतना केन्द्रले ‘मेरो पहिचान’ पुस्तक सार्वजनिक गरेको छ। काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा नारी चेतना केन्द्रकी अध्यक्ष प्रतिभा सुवेदीको अनुभव र अनुभूतिको सङ्ग्रहका रूपमा प्रकाशित पुस्तकको समालोचक द्वय नगेन्द्रराज शर्मा, डा वीणा पौडेल र महिला दबाब समूहकी अध्यक्ष कल्याणी शाहले संयुक्त रूपमा लोकार्पण गरे।
पुस्तकमा ग्रामीण महिलाका आर्थिक सशक्तीकरणले मुलुकको आर्थिक परिवर्तन सम्भव रहेको विषय उठान गरेको छ। दुई सय ५७ पृष्ठको सो पुस्तकमा २६ लेख रचना समेटिएको छ। सुवेदीको यो पाँचौँ कृति हो।
सुवेदीले नेपालका ग्रामीण विपन्न महिलाका आत्मनिर्भरताका लागि नारी चेतना केन्द्र नेपाल नामको संस्था स्थापना गरी वैकल्पिक आर्थिक कारोबारको नमुना प्रस्तुत गरेकी छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.