‘रातोमा रोकियो, ग्रिनमा गुड्दा दुर्घटना’

‘रातोमा रोकियो, ग्रिनमा गुड्दा दुर्घटना’

काठमाडौं : भक्तपुरको सुर्यविनायक चोकमा सडक पार गर्दा ७२ वर्षकी वृद्धाको मृत्यु भएको छ। सल्लाघारीबाट जगतीतर्फ जाँदै गरेको बसको ठक्करबाट दिलमाया श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
परिसरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले रातो बत्तीमा रोकिएको पर्यटक बस ग्रिन बल्ने बित्तिकै अगाडि बढ्नु र श्रेष्ठ जेब्रा क्रसबाट हिँड्नु एकै पटक हुँदा दुर्घटना भएको बताए। बा. १ प. १५५१ नं. को पर्यटक बोक्ने बसको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको डा.ईवामुरा अस्पतालमा मृत्यु भएको डिएसपी पाण्डेले बताए।
भक्तपुर नगरपालिका वडा नं १ दुधपाटी बस्ने श्रेष्ठलाई ठक्कर दिने बसका चालक विनोद कार्की अहिले प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए। प्रारम्भिक अनुसन्धान सकेर थप अनुसन्धान भइरहेको उनले बताए।
‘घटनास्थलमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी ठक्कर दिने सवारी साधन र चालक जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला काठमाडौँ बालाजु बस्ने वर्ष २९ को विनोद कार्कीलाई वृत्त जगातीको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको’विज्ञप्तिमा लेखिएको छ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सडकमा दुर्घटनाका कारण हरेक महिना मृत्यु हुने गरेको छ। बिहीबार सूर्य विनायकमा ठक्कर दिने चालकलाई सवारी ऐनको दफा २ अनुसार मुद्दा दर्ता गर्ने तयारी गरेको प्रहरीले बताएको छ। ‘मुद्दा दर्ता गर्न थप अनुसन्धानको काम भइरहेको छ,’पाण्डेले पहिचानसँग भने,‘सवारी ऐन अनुसार चालकलाई कारबाही हुन्छ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.