"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

परिजिता बास्तोला : रियालिटी सो द भ्वाइसको अमेरिकी संस्करणमा पहिलो प्रस्तुति

परिजिता बास्तोला : रियालिटी सो द भ्वाइसको अमेरिकी संस्करणमा पहिलो प्रस्तुति

3k
SHARES

काठमाडौं : नेपाली मूलकी परिजिता बास्तोलाले गायन रियालिटी सो द भ्वाइसको अमेरिकी संस्करणमा पहिलो प्रस्तुति दिएकी छन्। १७ वर्षीया बास्तोलाले पहिलो गायकी प्रस्तुति गर्दै चारै जना निर्णायकको ध्यान आकर्षित गर्न सफल भइन।
तिमोथी लि म्याकेन्जीको चर्चित अङ्ग्रेजी गीत ‘जेलस’ गाएकी उनलाई चारै जना निर्णायकले प्रशंसा गरे। सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको बताए।
जज क्यामिलाया केबेलोले परिजिताले आफ्नो मनपर्ने मध्येको गीत गाएको भन्दै प्रशंसा गरिन् भने अर्का जज जोन लिजेन्डले सहकार्य गर्न पाउँदा सम्मानित महसुस भएको सुनाए।
जज जिवेन स्टेफानीले परिजिताको स्वर प्राकृतिक र युनिक भएको बताइन् भने जज ब्लेक सेल्टनले आफू परिजिताको फ्यान भएको बताइन्।
चारै जना जजलाई परिजिताले नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिइन्। आफू द भ्वाइसमा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रूपमा चिनाएकी उनले आफूले नेपाली सङ्गीत सुन्ने तर मन पर्ने जनरा चाहिँ आरएण्डबी भएको बताइन्।

समाचार शेयर गर्नुहोस्
3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.