चुनाव

निर्वाचनको निष्पक्षतामा राष्ट्रपतिको चासो

निर्वाचनको निष्पक्षतामा राष्ट्रपतिको चासो

597
SHARES

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेकी छन्। उनले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभएको बताइन। निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति भण्डारीले राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेकी छन्।
भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा जानकारी गराएका छन्।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कामबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएको निर्वाचन आयोगले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
597
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.