`इनफ इज इनफ´ भन्ने बेला आएको छ : डा.स्वर्णिम वाग्ले

`इनफ इज इनफ´ भन्ने बेला आएको छ : डा.स्वर्णिम वाग्ले

900
SHARES

काठमाडौं : अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेसभित्रका आशालाग्दा नेताहरूले अब युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन्।
बुद्धिजीवी तथा पेसागत समूहले शनिवार काठमाडौँको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा डा. वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बताए।
काँग्रेसभित्र मात्र नभई राजनीतिमा नै आशा गरिएका तीन युवाहरूको खाँचो संसद्मा रहेको उनले बताए। गतिशील अर्थतन्त्र निर्माणका लागि लागि तीन युवाहरूले हातेमालो गरेर अघि बढ्नुपर्ने डा. वाग्लेले सुझाव दिए।
उनले भने, ‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली काँग्रेसमा आशालाग्दा केही अनुहारहरू हुनुहुन्छ। गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रूपमा लिन्छौँ। उहाँहरू अब उभिएर निर्वाचित भएर काठमाडौं–५, काठमाडौं–४ र झापा–१ बाट आएर तमाम युवाको प्रतिनिधित्व गर्नुहोस्। तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस्।’
काँग्रेसले बोकेका नयाँ एजेन्डाहरूलाई बोकेर हिँड्नुपर्नेमा जोड दिँदै हजारौँ लाखौँ अन्य पेसा व्यवसाय गर्ने युवाहरूलाई उत्साहित गर्नुपर्ने उनले बताए।
त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागि समेत तीन युवाहरूले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको उनले सुनाए। ‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने बेला आएको छ,’ डा. वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेन्डामा अब उहाँहरूले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा छ।’
उनले काठमाडौं क्षेत्र नं ५ का सबै उम्मेवारहरुलाई जितको शुभकामना समेत व्यक्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्
900
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.