निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्वाचन

नागरिकता देखाएर भोट खसाल्न पाइने

नागरिकता देखाएर भोट खसाल्न पाइने

699
SHARES

काठमाडौँ : मङ्सिर ४ गते हुने निर्वाचनमा नागरिकता देखाएर भोट खसाल्न पाइने भएको छ। निर्वाचन आयोगले अन्तिम मतदाता नामावलीमा नाम भएका मतदातालाई नागरिकता देखाएर भोट खसाल्न पाउने व्यवस्था गरेको जानकारी दिएको हो।

मतदाता परिचयपत्र बाहेक नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा भोट खसाल्न पाइनेछ। तर, अन्तिम मतदाता नामावली भने नाम हुनुपर्ने आयोगले प्रस्ट पारेको छ।

आयोगका अनुसार कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा अन्य परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।

‘निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको सम्बन्धित सबैमा अवगत गराइन्छ’आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ।

समाचार शेयर गर्नुहोस्
699
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.