निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बागी कारबाहीमा काँग्रेसको एक्सन, पाँच वर्ष सदस्यता खारेज

बागी कारबाहीमा काँग्रेसको एक्सन, पाँच वर्ष सदस्यता खारेज

496
SHARES

काठमाडौँ : प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी दिएका उम्मेदवारहरूलाई दलहरूले कारबाही गरिरहेका छन्। नेपाली काँग्रेसले मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएकालाई पाँच वर्ष सदस्यता समेत नरहने गरी कारबाही गरेको छ। त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक समेतलाई काँग्रेसले पाँच वर्षका लागि पार्टीबाट निकालेको छ।

अबको पाँच वर्षका लागि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेशका सभामुख, उपसभामुख चुनिनेछन्। राष्ट्रपति र उपराष्ट्रपति चुनिन सांसद सदस्य अनिवार्य छैन। काँग्रेस गठबन्धन गरेर यो चुनावमा होमिएको छ। गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकालाई काँग्रेसले उम्मेदवारी फिर्ता लिन समय दिएको थियो।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको नामावलीमा नाम रहे पनि काँग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउन भनेको थियो। चुनावमा मतदान गर्ने दिन आउन ६ दिन मात्रै बाँकी हुँदासम्म उम्मेदवारी निष्क्रिय भएको घोषणा नगर्नेलाई पाँच वर्षका लागि सदस्य नै नरहने गरी हटाएको काँग्रेसले जनाएको छ।

काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि थप पाँच जना व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

काँग्रेस महासमिति सदस्य हुम्लाका मङ्गलबहादुर शाही, क्रियाशील सदस्य बाराका धर्मेन्द्रप्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं बाराका जिल्ला सदस्य रवीन्द्रप्रसाद यादव (रोशन), महाधिवेशन प्रतिनिधि वीरेन्द्रप्रसाद यादव र बाराका जिल्ला सदस्य रामएकवाल प्रसाद यादव (शिल्पु) को सदस्यता अभिलेखबाट हटाउन निर्देश गरिएको समितिले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
496
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.