विश्वकप

कतारमा जारी विश्वकपमा समलिङ्गीहरूमाथि धरपकड

कतारमा जारी विश्वकपमा समलिङ्गीहरूमाथि धरपकड

739
SHARES

काठमाडौं : कतारमा जारी विश्वकपमा आयोजकले समलिङ्गीहरूमाथि धरपकड गरेको छ। ईङ्ल्याण्ड र वेल्सबिच भएको खेलका क्रममा इन्द्रेणी रङको टोपी, टिसर्ट र धजा पाखुरामा बाँध्दै खेल हेर्न पुगेका समलिङ्गीहरूलाई आयोजकले लखेटेको छ।

मुस्लिम देशहरूमा समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता दिइएको छैन। फिफाले कतारमा भेदभाव विरोधी चिन्ह वा प्रतीक लगाउने योजना बनाएका सात युरोपेली टोलीहरू विरुद्ध खेलकुदमा प्रतिबन्ध लगाउने धम्की दिएपछि उनीहरू पछि हटेका थिए।

इङ्गल्यान्डका समलिङ्गी प्रशंसकहरूले इन्द्रेणी रङ लगाएर विश्वकप हेर्न गएपछि केहीलाई हिरासतमा समेत राखिएको छ। आयोजकले उनीहरू माथि स्थानीय कानुन उल्लङ्घन गरेको आरोप लगाएको छ।

विश्वकप आयोजक समितिका प्रमुख हसन अल–थवाडीले यस्ता क्रियाकलापका कारण मुस्लिम र अरब देशहरूलाई विभाजित गर्न खोजेको आरोप लगाएका छन्।

जर्मनीका खेलाडीहरूले विश्व फुटबलको प्रशासकीय निकायलाई सन्देशमा जापानसँग २–१ ले हार्नुअघि टोलीको फोटोमा आफ्नो मुख छोपेका थिए, जबकि म्यानुएल नेउरले आफ्नो जर्सीमुनि लगाउन आदेश दिइएको फिफा आर्मब्यान्ड लुकाए।

समाचार शेयर गर्नुहोस्
739
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.