निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पुसको पहिलो हप्ता ३० हजार मेट्रिक टन मल आइपुग्ने

पुसको पहिलो हप्ता ३० हजार मेट्रिक टन मल आइपुग्ने

899
SHARES

काठमाडौँ : सरकारले चालु आर्थिक वर्षको हालसम्म १ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात भएको जनाएको छ।

कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत २ लख ५७ हजार मेट्रिक टन रासायनिक मलखाद खरिदको लागि टेन्डर आव्हान भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १ लाख १० हजार मेट्रिक टन मल आयात भएको र ८६.५ हजार मेट्रिक टन विक्री वितरण भइसकेको छ।

आयत भएको मध्ये युरिया मल २९ हजार ७६४.०५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए। उनका अनुसार डीएपी १९ हजार २८६.८५ र पोटास १ हजार ९३२.५५ मेट्रिक टन मौज्दात छ।

युरिया ५१ हजार ८९६.९५, डीएपी २९ हजार ७६८.३० र पोटास ४ हजार ५८१.३५ गरी ८६ हजार २४६.६० मेट्रिक टन मल विक्री भइसकेको प्रवक्ता सन्जेलले बताए।

१५ हजार मेट्रिक टन मल आयत भइरहेको छ। जी टु जी अन्तर्गत ३० हजार मेट्रिक टन युरिया मल पुसको पहिलो हप्ता आइपुग्ने गरी हाल बोरा प्याकिङ भइरहेको सन्जेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
899
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.