भृकुटी मण्डपमा भृकुटीको सालिक, मासिक १७ लाख समाज कल्याणको खातामा

भृकुटी मण्डपमा भृकुटीको सालिक, मासिक १७ लाख समाज कल्याणको खातामा

काठमाडौं : भृकुटी मण्डपमा भृकुटीको सालिक अनावरण गरिएको छ। समाज कल्याण परिषद्सँग फन पार्क सञ्चालनको सम्झौता गरेको अमात्य इन्टरनेशनलले निर्माण गरेको सालिक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अनावरण गरेकी हुन्।

रेग्मीले स्वच्छताको आधारमा टेन्डर आव्हान गरेर फन पार्क सञ्चालनको सम्झौता भएको बताइन। उनले २१ औँ शताब्दीमा आएर भृकुटीको पहिचानसहितको सालिक बनेको बताइन। मन्त्री रेग्मीले नेपाली संस्कृतिको संरक्षण गर्न नसके पश्चिमी संस्कृतिले पेलेर पछाडि लैजाने बताइन।

‘भृकुटीको नाम मात्र भएको यस स्थानमा अब उहाँको पहिचानसहितको सालिक बनेको छ,’उनले भनिन्,‘सातौँ शताब्दीमा नेपालको धर्म र संस्कृतिलाई चीनसम्म फैलाउनुहुने राष्ट्रिय विभूति भृकुटीलाई आज यस रूपमा सम्झनु प्रशंसनीय काम हो।’

अमात्य इन्टरनेशनलबाट समाज कल्याण परिषद्ले मासिक १७ लाख ७७ हजार ७७८ रुपैयाँ मासिक भाडा उठाउँदै आएको छ। मनाङबाट प्रतिनिधि सभामा निर्वाचित सांसद टेकबहादुर गुरुङले फन पार्क भाडामा लगाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नयाँ व्यवस्थापनमा फन पार्क सञ्चालनको सम्झौता भएको हो।

पहिलेको भाडा परिमार्जन गरेपछि भृकुटीमण्डपबाट परिषद्को खातामा मासिक १ करोड ६५ लाख रुपैयाँ जम्मा हुन थालेको परिषद्का सदस्य सचिव मनोज भट्टले जानकारी दिए। भृकुटीमण्डपको जग्गा फन पार्कले चार वर्षका लागि २०५७ सालमा मासिक ४ लाख ७५ हजार रुपैयाँ, २०६१ सालमा पाँच वर्षका लागि मासिक २ लाख २ हजार ४ सय रुपैयाँ र २०६९ सालमा १५ वर्षसम्मका लागि मासिक ५ लाख ५५ हजार रुपैयाँमा भाडामा दिने सम्झौता परिषद्ले गरेको थियो।

अहिले ई विडिङ गरेर मासिक १७ लाख ७७ हजार परिषद्ले भाडा उठाउँदै आएको परिषद्का सदस्य सचिव भट्टले जानकारी दिए। फन पार्क भाडामा दिने विषयमा पारदर्शिता अपनाइएको उनले बताए। ‘फन पार्क भाडामा लगाउँदा गडबड भएको छैन,’उनले भने,‘गल्ती नै नगरेको विषयमा समेत उजुरी परेपछि अख्तियारमै गएर स्पष्टीकरण दिएको छु।’

उनले सात प्रदेशको चिनारी भृकुटी मण्डपमा राख्ने योजना रहेको बताए। हिजो मासिक २५ लाख भाडा उठ्ने भृकुटीमण्डपबाट अहिले १ करोड ६५ लाख भाडा उठ्ने गरेको उनले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.