निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आचारसंहिता खारेज

कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा स्वीकृति लिनु नपर्ने

कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा स्वीकृति लिनु नपर्ने

447
SHARES

काठमाडौं : निर्वाचन आचारसंहिता सोमबारदेखि खारेज हुने भएको छ। मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लागू भएको आचारसंहिता सोमबारदेखि लागू नरहने निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले विज्ञप्ति निकालेर असोज १२ देखि लागू भएको निर्वाचन आचारसंहिता मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय गरेको जनाएको छ। आयोगले आचारसंहिता लागू नरहने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको जनाएको छ।

आचारसंहिता लागू नरहने निर्णयसँगै सरकारका रोकिएका काम फुकुवा भएका छन्। अब नयाँ योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण, अध्ययन गर्न पाइनेछ। आचारसंहिताका कारण रोकिएका पुरस्कार, सम्मान वितरण खुल्ला भएको छ। कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न निर्वाचन आयोगको स्वीकृति लिनु पर्नेछैन।

दलहरूलाई पत्र

निर्वाचन आयोगले दलहरूलाई समानुपातिकमा सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन पत्र पनि पठाएको छ। सोमबार दिउँसो ४ बजेसम्म सच्याइएको सूची बुझाउन दलहरूलाई पत्र पठाएको आयोगले जनाएको छ।

नामावली सच्चिएर आएपछि आयोगले सोमबार नै निर्वाचित भएको घोषणा गर्ने प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। समानुपातिक सांसदको टुङ्गो लागेसँगै आयोगले बुधवार राष्ट्रपतिसमक्ष निर्वाचनको सम्पूर्ण परिणाम बुझाउने तयारी समेत गरेको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
447
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.