निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निलम्बित प्रधानन्यायाधीश राणा ‘साइत’ जुराएर निजी निवास जाने

निलम्बित प्रधानन्यायाधीश राणा ‘साइत’ जुराएर निजी निवास जाने

798
SHARES

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बुधबार (भोलि) शुभ साइत पारेर निजी निवास सर्नु भएका छन्।

आज मंगलबार परेकाले भोलि बुधवारको शुभसाइतमा सरकारी निवास बालुवाटार छोड्न लागेका राणाले सरसामान भने सोमबार नै निजी निवास सुकेधारा पुर्‍याइसकेका छन्।

राणाको अब लत्ताकपडा मात्रै सरकारी निवासमा रहेको राणाकी स्वकीय सचिव पुष्पा तिवारीले जानकारी दिइन। संसद्मा महाभियोग प्रस्ताव अलपत्र रहेका बेला राणाले उमेर हदका कारण मङ्गलवारबाट अवकाश पाएका छन्।

राणा निलम्बनमा परेदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ। दीपककुमार कार्कीले कायममुकायमकै हैसियतमा सर्वोच्च अदालतबाट अवकाश पाइसकेका छन्। सर्वोच्च अदालतमा अहिले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन्।

निलम्बनमा परेदेखि सर्वोच्च अदालतमा प्रवेश गर्न नपाए राणा झन्डै ९ महिना बालुवाटारको सरकारी निवासमै सेवा सुविधा बुझेर बस्नु बाध्य भए।

अवकाश पाउन एक साता पनि बाँकी नरहँदा राणाले सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमबाट निलम्बित फुकुवाको पत्र बुझेका थिए। जुन विवादित बनेको छ।

सर्वोच्च अदालतले निलम्बन फुकुवाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाले राणा निलम्बनकै अवस्थामा घर फर्कन लागेका हुन्। राणाको निजी सरसामान काठमाडौँको सुकेधारामा रहेको निजी निवासमा लगिसकिएको स्वकीय सचिव तिवारीले जानकारी दिइन।

राणाले हिजो देखि निजी निवास पुग्ने र सरकारी निवास बालुवाटार आउजाउ गर्न थाल्नु भएको निजी सचिवालयले जनाएको छ। ‘खास सामान त के हुन्छ र, त्यहाँ सबै सरकारी सामान नै हो,’तिवारीले पहिचानसँग भनिन्,‘उहाँको अब सार्नु पर्ने सामान लत्ता कपडा मात्रै हो।’

समाचार शेयर गर्नुहोस्
798
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.