काभ्रे चलालगणेश स्थानमा ओभरस्पिडका कारण बस दुर्घटना हुँदा १७ जनाको मृत्यु  

काभ्रे चलालगणेश स्थानमा ओभरस्पिडका कारण बस दुर्घटना हुँदा १७ जनाको मृत्यु  

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बेथानचोकको च्याल्टीबाट बनेपा सल्ले आउँदै गरेको बस चलालगणेश स्थान ओरालोमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बनेपा नगरपालिका ११ सल्लेबाट बेथानचोकको च्याल्टीमा भान्जाको व्रतबन्धमा गएर फर्किएकाहरू चढेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा २२ जना घाइते भएका छन्। 

घाइते मध्ये ४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको बनेपाका प्रहरी नायव उपरीक्षक डिएसपी रेसम बोहराले जानकारी दिए। उनका अनुसार ९ जनाको शिर मेमोरियल बनेपा र ९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। 

मृतकको नाम ठेगाना खुल्न नसकेको डिएसपी बोहराले बताए। बस ओभरस्पिडका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ‘ओरालोमा बस ओभरस्पिड भएकाले दुर्घटनामा परेको देखिन्छ,’उहाँले भन्नु भयो,‘दुर्घटना हुनुको अरू कारण त्यस्तो देखिँदैन।’

प्रत्यक्षदर्शीको भनाई सुन्न यहाँ क्लिक गर्नुहोस्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.