निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

समलिङ्गी विवाहलाई वैधानिक बनाउने कानुनमा बाइडेनले गरे हस्ताक्षर

706
SHARES

एजेन्सी : अमेरिकामा एक राज्यको कानुन अर्को राज्यले मान्यता दिन आवश्यक रहेको मापदण्ड बनाएको छ।

राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको नयाँ सङ्घीय सुरक्षासम्बन्धी कानुनमा सबै राज्यहरूले समलिङ्गी विवाहलाई वैधानिक बनाउनु पर्ने राष्ट्रिय आवश्यकता भने सेट नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कानुनले एउटा राज्यले अर्को राज्यको समलिङ्गी विवाहलाई मान्यता दिन आवश्यक रहेको मापदण्ड तय गरेको छ।​

समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ सङ्घीय सुरक्षासम्बन्धी कानुनमा हजारौँ समर्थकलाई बोलाएर बाइडेनले हस्ताक्षर गरेका हुन्।

अमेरिकी संसद्का दुवै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो। नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट पारित भएको बिल गतसाता प्रतिनिधिसभाबाट पनि पारित भएको थियो।

समाचार शेयर गर्नुहोस्
706
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.