भ्याली ग्रुपको लक्ष्य : उत्पादन बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने

भ्याली ग्रुपको लक्ष्य : उत्पादन बढाउने, रोजगारीका अवसर सिर्जना गर्ने

798
SHARES

काठमाडौं : भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले पुलचोक, झम्सिखेलमा बुधवार सातौँ आउटलेट खोलेको छ। सुपथ मूल्यमा गुणस्तरीय मासुजन्य व्यापारको उद्देश्यले २०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको थियो।

प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रूपमा सञ्चालन गर्दै चेन रेस्टुरेन्टमा प्रवेश गरेको थियो।

उपभोक्तालाई सुपथ मूल्यमा स्वस्थ मासु उपलब्ध गराउँदै आएको भ्याली ग्रुप अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्दै सहरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय, स्वास्थ्यकर र स्वादिलो तयारी खाना उपलब्ध गराउने उद्देश्य लिएर भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेस्टुरेन्टको क्षेत्रमा ६ वर्ष अघि प्रवेश गरेको थियो।

बालाजु नयाँबजारमा आफ्नै परिसरमा दोस्रो शाखाको स्थापना गरी बजारीकरण सुरु गरेको एक्सप्रेसले सातौँ शाखा पुलचोकमा खोलेको हो। भ्याली एक्सप्रेसमा अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किई सन्तुष्ट बनाउने लक्ष्य राखेको निर्देशक बाबुराजा रावलले बताए।

‘नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मूल्यमा स्वास्थ्यकर मासुजन्य सामाग्री उत्पादन गर्ने हाम्रो लक्ष्य हो’ रावलले भने।

भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरू, आधुनिक वधशाला र फास्ट फुड चेनहरू सञ्चालनमा छन्।

समाचार शेयर गर्नुहोस्
798
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.