निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ सरकार

बहुमत जुटाउने सांसदलाई प्रधानमन्त्रीको अफर

बहुमत जुटाउने सांसदलाई प्रधानमन्त्रीको अफर

547
SHARES

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दाबी पेस गर्न दलहरूलाई आव्हान गरेकी छन्। राष्ट्रपति भण्डारीले सरकार गठनको दाबी पेस गर्न दलहरूलाई एक हप्ताको समय दिएकी छन्।

पुस १० गते आइतबार बेलुकी ५ बजेभित्र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि दाबी पेस गर्न राष्ट्रपति भण्डारीले आव्हान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले उपधारा २ बमोजिम सरकार गठनको आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिनिधि सभामा १२ दल र स्वतन्त्रका गरी २७५ सदस्य निर्वाचित भइसकेका छन्। निर्वाचन आयोगले परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि आव्हान भएको हो। राष्ट्रपति भण्डारीले १३८ सदस्यको समर्थन सहित दाबी पेस गर्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

रामचन्द्र र गगनसँग सल्लाह गर्ने देउवाको जवाफ, बोलेनन् शेखर

प्रतिनिधि सभामा ठुलो दल काँग्रेसका ८९ सदस्य छन्। दोस्रो दल एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ सांसद छन्।

जनता समाजवादी पार्टीका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका १ जना सदस्य छन्। ५ जना स्वतन्त्र सदस्य छन्।

दलहरू एकल रूपमा संविधानको धारा ७६ को उपधारा १ बमोजिम सरकार गठनको दाबी पेस गर्न बहुमत पुर्‍याउन असफल भएका छन्। अब दलहरूले सरकार गठनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थन जुटाउनु पर्नेछ। बहुमत जुटाएर सरकार गठनको दाबी पेस गर्न दलहरू अब निर्णायक छलफलमा जुट्नेछन्।

सत्ता गठबन्धन प्याकेजमै भागबन्डा गर्ने छलफलमा

समाचार शेयर गर्नुहोस्
547
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.