निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

काँग्रेस संसदीय दलको चुनाव : उम्मेदवारको शुल्क ५१ हजार रुपैयाँ

काँग्रेस संसदीय दलको चुनाव : उम्मेदवारको शुल्क ५१ हजार रुपैयाँ

973
SHARES

काठमाडौं : नेपाली काँग्रेसले संसदीय दलको नेता निर्वाचन सम्बन्धी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित ८९ जना सदस्यले दलको नेतामा उम्मेदवार दिन सक्ने निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार मतदान बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। काँग्रेसले पुस ६ गते दलको नेता चुन्न मतदान गर्ने समय सार्वजनिक गरेको हो। उम्मेदवारले मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन पाउने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।

उम्मेदवारको अन्तिम नामावली मंगलबार दिउँसो ५ः४५ मा प्रकाशन हुनेछ। काँग्रेसको निर्वाचन समितिले दरखास्त साथ ५१ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने भनेको छ। मतदान काँग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ।

मतदान सकिएपछि मतगणना गरेर निर्वाचन परिणाम घोषणा गर्ने समितिले जनाएको छ। मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिएर जानुपर्नेछ।

काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिने बताइसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल सर्वसम्मत नेतामा चुनिने प्रयासमा छन्।

पार्टी सभापतिमा पराजित शेखर कोइरालाले दलको नेतामा उम्मेदवारी दिनेबारे केही बोलेका छैनन्। उनी रिजर्भ बसेका छन्। काँग्रेस दलको नेतामा चुनिएर अबको प्रधानमन्त्रीमा दाबी गर्ने आकाङ्क्षीहरू पार्टीका निर्वाचित सांसदलाई आफ्नो पक्षमा पार्ने लबिङमा लागिसकेका छन्।

समाचार शेयर गर्नुहोस्
973
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.