विश्व साइकलयात्री

एनसीसी चीनले दिएको साइकलमा युरोप यात्रा

एनसीसी चीनले दिएको साइकलमा युरोप यात्रा

काठमाडौं : गैर आवासीय नेपाली सङ्घले विश्व साइकल यात्री ज्ञान महर्जनलाई विश्व भ्रमणको लागि साइकल हस्तान्तरण गरेको छ।

साइकल सङ्घको पहल र एनसीसी चीनको सहयोगमा एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आइसिसी सदस्य प्रदीप न्यौपानेले संयुक्त रूपमा साइकल प्रदान गरेका हुन्।

कार्यकारी अध्यक्ष थापाले सङ्घले नेपालका प्रभावशाली व्यक्तित्वहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन। विश्व साईकलयात्री महर्जनको मिसनलाई थप सहयोग गर्न एनसीसी चीनले सहयोग गरेको भन्दै उनले अब हुन लागेको यात्रा सुखमय र फलदायी होस भनेर शुभकामना दिइन।

सङ्घको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव न्यौपानेले गैर आवासीय नेपाली सङ्घ र एनसीसी चीनको झन्डा सहित विश्व भ्रमण गर्न लागेकोमा विश्व साईकलयात्री महर्जनलाई सफल यात्राको लागि शुभकामना व्यक्त गरे।

गैर आवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवर्द्धन समितिका सभापति सोम सापकोटाले सङ्घले विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा गरेका गतिविधिहरूबारे जानकारी गराए। उनले विश्व साइकल यात्री महर्जनले आफ्नो यात्राका दौरान नेपालको पर्यटन प्रवर्द्धनका साथै ग्लोबल वार्मिङबारे सन्देश फैल्याउने योजनाको प्रशंसा गरे।

सङ्घका सचिव गोविन्द प्रसाद गौतमले नेपाल पर्यटन प्रवर्द्धन एनसीसी चीनले खेलेको भूमिका प्रति धन्यवाद व्यक्त गरे।

विश्व साईकलयात्री महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्य लिएर सन् २०१३ मा चीनको ग्रेटवाल देखि साइकल यात्रा सुरु गरेर हाल सम्म १५ वटा मुलुकमा यात्रा गरेको जानकारी दिए।

आगामी जनवरी १५ देखी एसियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी उनले दिए। उनले गैर आवासीय नेपाली सङ्घको पहलमा एनसीसी चीनले साइकल उपलब्ध गराई सहयोग गरेको प्रति धन्यवाद दिए।

एनसीसी चीनका अध्यक्ष रोहित अग्रवालले नेपालको पर्यटन प्रवर्द्धनका साथै जलवायु परिवर्तनको मुद्दा लिएर भ्रमण आयोजना गर्न लागेको प्रति केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले चीन भ्रमणको निम्तो पनि दिएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.