निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तोरी किसानको, तेल कर्पोरेसनको

तोरी किसानको, तेल कर्पोरेसनको

1.5k
SHARES

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसनले यो वर्षदेखि तोरीको तेल उत्पादन थालेको छ। मकवानपुरको हेटौडामा रहेको उद्योगबाट तोरीको तेल उत्पादन थालेको कर्पोरेसनले जनाएको छ।

कर्पोरेसनका अनुसार अहिले दैनिक एक टन तोरीको तेल उत्पादन हुने गरेको छ। बजारमा शान्ति तोरीको तेल नामबाट बिक्री भइरहेको कर्पोरेसनले जनाएको छ। किसानले उत्पादन गरेको तोरी कर्पोरेसनले खरिद गर्छ। त्यही तोरीलाई उद्योगमा पुर्‍याएर तेल उत्पादन गर्छ।

चालु वर्षको तिहारदेखि तोरीको तेल बिक्री गर्न थालेको कर्पोरेसनले तेल बिक्रीबाट भएको खर्च र आम्दानीको हिसाब सार्वजनिक गरेको छैन। कर्पोरेसनले नुन मात्रै चार थरीका बिक्री गर्छ।

आयो, भानु, शक्ति र तेज नामबाट नुन बिक्री गर्दै आएको कर्पोरेसनले विभिन्न तौलमा चिनी, चामल, दाल, गहुँका उत्पादन, मसला, कागजका उत्पादन, सिमेन्ट, कोइला, खाना पकाउने एलपी ग्यास बजारमा पठाउने गरेको छ।

डाल्दा घ्यु, शान्ति र गृहिणी भटमासको तेल बिक्री गरेको थियो कर्पोरेसनले। स्थानीय उत्पादनलाई बजारीकरण गर्न कर्पोरेसनले किसानको उत्पादन खरिद गरेको छ। कर्पोरेसनले बिक्री गर्दै आएको आयोडिन नुनमा भने घाटा बेहोरेको विभागीय प्रमुख ब्रजेश झाले बताए।

तोरीको तेल हेटौडा र काठमाडौँको बजारमा खपत भइरहेको झाले बताए। बजारको माग अनुसार तेलको उत्पादन बढाउने योजना रहेको उनले सुनाए। ‘किसानका उत्पादन किनेका छौ,किसानलाई आवश्यक मल, बिउ दिइरहेका छौ,’उनले भने,‘बजार विस्तार गर्ने योजना अनुसार नै कर्पोरेसनले काम गरिरहेको छ।’

कर्पोरेसनले नयाँ प्रविधिको घर पनि निर्माण गरिरहेको जनाएको छ। माटो जोगाऔँ भनेर स्टिल, बालुवा, सिमेन्ट र कङक्रिटको चिप्स प्रयोग गरेर घर निर्माण गरिएको प्रमुख झाले बताए। आधुनिक प्रविधिको घर अर्डर अनुसार निर्माण हुनेछ।

घर निर्माणमा माटोको प्रयोग नगरिने झाले बताए। ‘माटोको प्रयोग नै हुँदैन,’उनले भने,‘जोडामा न्यानो हुन्छ,आरसिसी गरेको भन्दा मूल्य पनि सस्तो पर्छ।’

समाचार शेयर गर्नुहोस्
1.5k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.