निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ सरकार

संसद्को ठुलो दल बन्ने एमालेको दाउ, माधव नेपाललाई राष्ट्रपतिको अफर

संसद्को ठुलो दल बन्ने एमालेको दाउ, माधव नेपाललाई राष्ट्रपतिको अफर

750
SHARES

काठमाडौं : पार्टी एकताका लागि नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई राष्ट्रपति बन्ने अफर दिएको छ।

संसद्मा ठुलो दल बन्न एमालेले माधव कुमार नेपालको एकीकृत समाजवादीसँग एकता गर्न छलफल जारी राखेको छ। सत्ता साझेदार दल मध्येको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पाएको छ। एमालेको भागमा राष्ट्रपति र सभामुख परेको छ।

एमालेले आफ्नो भागमा परेको राष्ट्रपति माधव नेपाललाई दिएर पार्टी एकता गर्ने सर्त राखेको छ। एमालेसँग अहिले ७८ सांसद छन्। ठुलो दल काँग्रेससँग ८९ सांसद छन्।

एकीकृत समाजवादीसँग पार्टी एकता गर्दा एमालेसँग ८८ सांसद हुनेछन्। दुई जना स्वतन्त्र सांसदलाई पार्टी प्रवेश गराएर एमाले संसद्को ठुलो दल बन्ने दाउमा लागेको छ।

भ्रष्टाचार आरोपी काँग्रेसका टेकबहादुर गुरुङ र हत्या आरोपी एमालेका लक्ष्मी कोइरीले संसद् सदस्यको शपथ लिए पनि बैठकमा उपस्थित हुन नपाउने गरी निलम्बनमा परिसकेका छन्।

संविधानको धारा ७६ को उपधारा २ अनुसार बनेको वर्तमान सरकारले विश्वासको मत लिन नसके नयाँ सरकार गठन उपधारा ३ बमोजिम हुनेछ। उपधारा ३ बमोजिम गठन हुने सरकारको दाबी गर्न एमालेले पार्टी एकतादेखि सांसदहरूलाई प्रवेश गराएर ठुलो दल बन्न छलफल जारी राखेको एमालेका एक नेताले जानकारी दिए।

संसद्को ठुलो दल बन्न एमालेले राष्ट्रपति र मन्त्री बन्ने अफर दिइरहेको छ। राष्ट्रपति बन्ने चर्चामा रहेकी नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा आफू सहमत रहेको बताएकी छन्।

त्यसका लागि पार्टी एकीकरण हुनु पर्ने उनको सर्त रहेको छ। हेटौँडामा बिहीबार बागमती प्रदेशसभा सदस्यको शपथ ग्रहणपश्चात् शाक्यले मिल्छु भनेर आएको खण्डमा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन आफू सहमत रहेको बताएकी हुन्।

‘पार्टी फुटेकै कारण ठुलो क्षति बेहोर्नु प¥यो। अहिले देशले एमाले बलियो भएको देख्न चाहेको छ,’शाक्यले भनिन्,‘त्यसैले माधव नेपाल मिल्छु भनेर आउनुभयो भने नाइँ भन्न सकिँदैन।’

समाचार शेयर गर्नुहोस्
750
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.