निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्मला हत्या घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन पत्राचार

निर्मला हत्या घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन पत्राचार

महिला तथा यौनिक अल्पसङ्ख्यकको उजुरी तत्काल सम्बोधन गर्नुपर्ने

467
SHARES

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ।

आयोगले २०७५ माघ १३ मा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई गरेको सिफारिस एवम् निर्देशनलाई समेत ध्यानमा राखी निर्मला पन्त हत्या घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन भनेको छ।
आयोगले पुनः अनुसन्धान प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयबाट हालै भएको पहललाई सकारात्मक रूपमा लिएको जनाएको छ।

महिला तथा यौनिक अल्पसङ्ख्यकमाथि हुने हिंसाका घटनाको उजुरी तत्कालै सम्बोधन गर्न आयोगले सरकारलाई पत्राचार गरेको जनाएको छ।

बलात्कार तथा यौनजन्य हिंसाका घटनामा वृद्धि हुँदै गइरहेको सन्दर्भमा पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको आयोगका सहसचिव एवं प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन्।

विगत केही वर्षदेखि नेपालमा बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूमा वृद्धि हुँदै गइरहेको आयोगले उल्लेख गरेको छ। आयोगका अनुसार गत वर्ष मात्र २ हजार ३८० जना महिला तथा किशोरीहरू जबरजस्ती करणीको घटनाबाट पीडित भएका छन्।

यी घटनाका अधिकांश दोषीहरू पहिचान हुन नसकेको एवम् तत्काल कारबाहीको प्रक्रियामा लैजान नसकिएको देखिँदा बलात्कार तथा यौनजन्य हिंसालाई सम्बोधन गर्न द्रुत अनुसन्धान तथा अभियोजन प्रक्रिया अगाडि बढाउन तथा सातै प्रदेशका प्रादेशिक अस्पतालहरूमा दक्ष जनशक्तिसहित श्रोत, साधन सम्पन्न विधि विज्ञान प्रयोगशाला शीघ्र स्थापना गर्न आयोगले भनेको छ।

समाचार शेयर गर्नुहोस्
467
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.