प्रतिनिधि सभा बैठक

अध्यक्षमण्डका सात जनाको नाम घोषणा, दलीय आधारमा बोल्न पाउने

अध्यक्षमण्डका सात जनाको नाम घोषणा, दलीय आधारमा बोल्न पाउने

476
SHARES

काठमाडौं : सङ्घीय संसद्को पहिलो बैठक सोमबार बस्दै छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो।

सङ्घीय संसद् सचिवालयले पहिलो बैठकमा अधिवेशन आव्हान, प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठन सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर राणा र राष्ट्रिय सभा बैठकको अध्यक्षता गणेश तिमल्सिनाले गर्नेछन्। प्रतिनिधि सभा बैठकले नियमावली अनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम घोषणा गर्नेछ।

प्रतिनिधि सभाको कार्यसूची अनुसार सोमबार बस्ने पहिलो बैठकमा दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिइनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावको दिन र समय सोमबारको बैठकले तोक्नेछ।

प्रधानमन्त्री प्रचण्डले पर्सी पुस २६ मा विश्वासको मत लिने प्रस्ताव पेस गर्न संसद् सचिवालयलाई पत्राचार गरिसक्नु भएको छ। मङ्सिर ४ मा सम्पन्न चुनावी नतिजाले प्रतिनिधि सभामा १२ दलको प्रतिनिधित्व भएको छ।

सरकारलाई ७ दलले समर्थन दिएका छन्। सरकारलाई समर्थन गर्ने दलहरू सत्ता र समर्थन नगर्ने दल प्रतिपक्षमा बस्नेछन्। २७५ सदस्यीय प्रतिनिधि सभामा एक सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परिसक्नु भएको छ।

प्रतिनिधि र राष्ट्रिय सभाको बैठकमा संविधान सभा सदस्य बालकृष्ण ढुङ्गेल र झुलबहादुर आले, प्रतिनिधि सभा र राष्ट्रिय सभाका पूर्वसदस्य मैयाँदेवी श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ।

समाचार शेयर गर्नुहोस्
476
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.