निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पत्रकार चालिसे र पौडेललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

पत्रकार चालिसे र पौडेललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

817
SHARES

काठमाडौं : सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार-२०७९’ न्युज २४ का कार्यक्रम संयोजक नवराज चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल फेस अनलाइनका सम्पादक माधव पौडेललाई यस वर्षको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गर्ने निर्णय समाजले गरेको छ।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष स्व.गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएका पुरस्कारको राशि क्रमशः २५ हजार १ र १५ हजार १ रुपैयाँ रहेको छ।

सम्पादक समाज नेपालले निर शाह, वरिष्ठ पत्रकार खिलध्वज थापा, बुँद राना र विमला तुम्खेवालाई सम्पादक समाज सम्मान २०७९ द्वारा सम्मानित गर्ने निर्णय गरेको महासचिव श्यामकाजी डोटेलले जानकारी दिए।

स्व. गोविन्द वियोगीको स्मृत दिवस पारेर सम्पादक समाज नेपालद्वारा प्रदान गरिने पुरस्कार र सम्मान समाजको शिवपुरी—७, गोविन्द वियोगी मार्ग, सूर्यचौर स्थित आफ्नै भवनमा माघ ७ गते शनिवारका दिन हस्तान्तरण गरिने महासचिव डोटेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्
817
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.