नेपाल टेलिकमको ‘विन्टर अफर’

नेपाल टेलिकमको ‘विन्टर अफर’

काठमाडौं : नेपाल टेलिकमले पुस २८ गते बिहीबार देखि लागू हुने गरी विन्टर अफर २०७९ उपलब्ध गराएको जनाएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरूको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराएको जनाएको छ।

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको छ। यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १९९ देखि ६९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरू उपलब्ध रहेको टेलिकमले जनाएको छ।

यस अफर अन्तर्गत जम्मा ६९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जीवी डाटा (दैनिक १ जीवी), दैनिक १ सय मिनेट कुराकानी गर्ने र दैनिक १ सय वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ।

यस्तै ४९९ रुपैयाँमा २८ दिनका लागि कुल १९,६०० एमबी डाटा (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ। ३४९ रुपैयाँमा उपलब्ध अर्को प्याक खरिद गर्दा २८ दिनका लागि कुल १४ जीवी डाटा (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० वटै सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ।

१९९ रुपैयाँमा २८ दिनका लागि कुल ४२०० एमबी डाटा ((दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ। यस अफर अन्तर्गतका १९९ देखि ६९९ रुपैयाँसम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरू सबै नेटवर्कका लागि उपलब्ध रहेको टेलिकमले जनाएको छ।

स्टे कनेक्टेड अफर अन्तर्गत यसअघि उपलब्ध प्याकलाई ग्राहकको चाहना बमोजिम थप सुलभ दरमा ल्याइएको टेलिकमले विज्ञप्ति निकालेर जानकारी दिएको छ। १३० रुपैयाँमा ५ दिनका लागि २ जीवी सबै नेटवर्कमा र ४ जीवी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्ने गरी जम्मा ६ जीवी डाटा सुविधा र १ सय ५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने प्याक उपलब्ध गरिएको छ। १०० र २०० रुपैयाँका स्टे कनेक्टेड अफरहरू निरन्तर प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

यसैगरी एफटीटीएच सेवामा वार्षिक ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहित आइपिटिभी र भ्वाइस सेवाको ट्रिपल प्ले प्याक थप सुलभ दरमा उपलब्ध गराइएको छ। अब ४० र ८० एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको ट्रिपल प्ले प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६ सय ८२.६४ रुपैयाँ र २१ हजार ५ सय ४१.५४ रुपैयाँ मात्र लाग्ने टेलिकमले जनाएको छ। एफटीटीएच सेवामा उपलब्ध गराइएका यसअघिका अरू सबै प्याकलाई निरन्तरता दिइएको छ।

पोस्टपेड कम्बो प्याक अन्तर्गत उपलब्ध भइरहेको जम्मा ३७३ रुपैयाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने अन नेट ८ सय मिनेटको भ्वाइस प्याक र ३७३ रुपैयाँमै ३० दिनसम्म प्रयोग गर्न सकिने ४ जीवी डाटा प्याकमा रेन्टल समावेश गरी निरन्तरता प्रदान गरिएको छ।

सजिलो अनलिमिटेड पोस्टपेड प्याक अन्तर्गत ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका असीमित सुविधाहरू प्रयोग गर्न सकिने प्याकहरू निरन्तर उपलब्ध छन्। यसमा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने र अन्य सेवा प्रदायक नेटवर्कमा २५० मिनेट कुराकानी गर्न वा दैनिक १ जीवी डाटा प्रयोग गर्न सकिने ३० दिनको ५९९ रुपैयाँको प्याक उपलब्ध छ।

साथै, ७९९ रुपैयाँमा कम्पनीभित्रकै नेटवर्कमा असीमित र अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने, अल नेट २०० वटा सन्देश पठाउन सकिने र प्रतिदिन १ जीवी डाटा ३० दिनसम्म चलाउन सकिन्छ।

९९९ र १४९९ रुपैयाँका ३० दिन समयावधि भएका प्याकमार्फत कम्पनीभित्र र बाहिरको नेटवर्कमा पनि असीमित कुराकानी (अल नेट अनलिमिटेड) गर्न सकिनुका साथै क्रमशः प्रतिदिन २ जीवी र ४ जीवी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ। यी बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.