निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पत्रकार नवराज चालिसे र माधव पौडेललाई वियोगी पत्रकारिता पुरस्कार

पत्रकार नवराज चालिसे र माधव पौडेललाई वियोगी पत्रकारिता पुरस्कार

387
SHARES

काठमाडौं : सम्पादक समाज नेपालले यो वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ न्युज २४ टेलिभिजनका पत्रकार नवराज चालिसेलाई प्रदान गरेको छ।

गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र शिवपुरीमा आयोजित कार्यक्रममा शनिवार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दुई दशकदेखि पत्रकारितामा क्रियाशील सञ्चारकर्मी चालिसेलाई वियोगी पत्रकारिता पुरस्कार प्रदान गरेका हुन्।

त्यसैगरी, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार नेपाल फेस अनलाइनका सम्पादक माधव पौडेललाई प्रदान गरिएको छ। वरिष्ठ टेलिभिजनकर्मी नीर शाह, पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका वरिष्ठ पत्रकार खिलध्वज थापा, बुँद राना, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिएको छ।

वियोगी पत्रकारिता पुरस्कारको राशि २५ हजार १ र विशेष पत्रकारिता पुरस्कारको राशि १५ हजार १ रहेको छ। पुरस्कार वितरणमा पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली राजनीतिमा सत्ता सङ्घर्षका विभिन्न अवस्था र पक्षहरूको विश्लेषण गरेका थिए। नेता भट्टराईले नेपाली राजनीतिमा आजसम्म भएका उतारचढावको विश्लेषण गरेका थिए।

कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व मन्त्री अमृतकुमार बोहराले नेपालको प्रजातन्त्र र लोकतन्त्र र नागरिक स्वतन्त्रमा पत्रकारिताको भूमिकाको चर्चा गरेका थिए।

नेपाली काँग्रेस बागमती प्रदेशका सांसद बहादुर सिंह लामाले लोकतन्त्रको लागि मिडिया जगतले निर्वाह गरेको योगदानको चर्चा गरेका थिए। गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार चालिसेले नेपाली पत्रकारिताले नेपालको लोकतन्त्र र परिवर्तनको पक्षमा निर्वाह गरेको भूमिकाको चर्चा गरे।

कार्यक्रममा नेपालको लोकतन्त्र, प्रजातन्त्र र प्रेस स्वतन्त्रताको लागि अग्रज पत्रकार गोविन्द वियोगीले निर्वाह गरेको योगदान र भूमिकाको विषयमा सञ्चारकर्मीले प्रकाश पारेका थिए।

गोविन्द वियोगी पत्रकारिता केन्द्रका संरक्षक कृष्णबदन वैद्यले वियोगी पत्रकारिता केन्द्रबाट भविष्यमा हुनसक्ने योजना र सम्भावनाको विषयमा चर्चा गरेका थिए। सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिसालले वियोगी पत्रकारिताको महत्त्व र औचित्यको विषयमा प्रकाश पारे।

महासचिव श्याम डोटेल र समाजका सदस्य पत्रकार जुनारबाबु बस्नेतले नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए।

समाचार शेयर गर्नुहोस्
387
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.