निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रधानमन्त्री भएकै दिनदेखि ओलीको घेराबन्दीमा परियो : प्रचण्ड

प्रधानमन्त्री भएकै दिनदेखि ओलीको घेराबन्दीमा परियो : प्रचण्ड

784
SHARES

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घेराबन्दीमा परेको बताएका छन्। एमालेकै समर्थनमा प्रधानमन्त्री बनेको एक महिनामै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका कारण घेराबन्दीमा परेको बताएका हुन्।

बिहीबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले आगामी दिन पनि सहज नदेखेको जनाए।

‘आफूसँगै एमालेका विष्णु पौडेलको मात्रै मन्त्रीमा शपथ गराउने तयारी थियो,ओलीजीले चार जनाको नाम पठाउनु भयो,’प्रचण्डले बैठकमा बोलेको कुरा उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,‘वरियताक्रममा विष्णु पौडेललाई दोस्रो नम्बरमा राख्न पनि ओलीजीले दबाब दिनुभयो।’

अब राष्ट्रपति र उपराष्ट्रपति चुन्न पनि सहज नभएको प्रचण्डले बताएका थिए। एमालेले प्रचण्डलाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ। तर, काँग्रेसको विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छन्।

काँग्रेस र माओवादीको बोली एउटै भएपछि एमालेमा वर्तमान समीकरण फेरिने आशङ्का सुरु भएको छ। प्रचण्डले चुनावमा काँग्रेसको भोट ट्रान्सफर नभएको ब्रिफिङ समेत गरेका थिए।

प्रतिवेदन पेस

स्थायी कमिटी बैठकमा अध्यक्षका हैसियतमा प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिलाई समेटेर प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा निर्वाचनको समीक्षा, गठबन्धन फेरबदल र सरकार सञ्चालन लगायतका विषय समेटिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकमा प्रचण्डले काँग्रेसकै कारण ऊसँगको गठबन्धन भत्किएको बताएका छन्। शुक्रवार बस्ने बैठकमा पार्टी एकता र सङ्गठन बिस्तारलगायत विषयमा आवश्यक निर्णय हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।

समाचार शेयर गर्नुहोस्
784
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.