खरो रूपमा उत्रन राष्ट्रिय वाणिज्य बैङ्कको निर्देशन

खरो रूपमा उत्रन राष्ट्रिय वाणिज्य बैङ्कको निर्देशन

काभ्रे : राष्ट्रिय वाणिज्य बैङ्कले विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरूलाई खरो रूपमा उत्रन निर्देशन दिएको छ। काभ्रेको धुलिखेलमा भएको बैङ्कको आ.व.२०७९/०८० अर्ध वार्षिक प्रगति विवरणको दुई दिवसीय समीक्षा गोष्ठीमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बजारमा देखिएको प्रतिस्पर्धामा खरो रूपमा उत्रन निर्देशन दिएका हुन्।

कार्यकारी प्रमुख श्रेष्ठले बैङ्कको मुख्य जिम्मेवारीमा रहेका विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरूले बजारमा कर्जा लगानी र निक्षेप सङ्कलन जस्तो महत्त्वपूर्ण कार्यमा आफूलाई पूर्ण रूपमा समर्पित गरी बजारमा देखिएको प्रतिस्पर्धामा आफूहरूलाई खरो रूपमा उत्रन विशेष निर्देशन दिनु भएको राष्ट्रिय वाणिज्य बैङ्कले जनाएको छ।

गत श्रावणमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरू सन्तोषजनक रूपमा पूरा भएको श्रेष्ठले बताए।

बैङ्कका सात वटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमुखहरू, २३ वटा विभागका विभागीय प्रमुखहरू, बैङ्कका उप कार्यकारी अधिकृतहरू एवम् नायब प्रमुख कार्यकारी अधिकृतहरूको सहभागितामा भएको गोष्ठीमा सहभागी प्रादेशिक प्रमुखहरू र विभागीय प्रमुखहरूले आ–आफ्नो कार्यालयको प्रस्तुतीकरण गरेका थिए।

उक्त प्रस्तुतीकरणमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतहरूले जिज्ञासा एवम् सुझावहरू दिएका बैङ्कले जनाएको छ।

गोष्ठीमा सहभागीहरूले प्राप्त निर्देशनहरूलाई आत्मसात् गर्दै लक्ष्यहरूलाई समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.