निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रधानमन्त्री प्रचण्डले सोध्न सकेनन् प्रस्टीकरण

प्रधानमन्त्री प्रचण्डले सोध्न सकेनन् प्रस्टीकरण

497
SHARES

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको बैठकलाई ढाटेका छन्। माघ १० गते बसेको राष्ट्रिय सभा बैठकमा सङ्घीयता विरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने जवाफ दिएका प्रधानमन्त्री प्रचण्डले एक सातासम्म मन्त्रीसँग प्रस्टीकरण नसोधेर ढाटेका हुन्।

सङ्घीयता खारेज हुनुपर्ने अभिव्यक्ति दिएका कानुन मन्त्री ध्रुवबहादुर प्रधानसँग प्रधानमन्त्री प्रचण्डले प्रस्टीकरण सोधेका छैनन्। राष्ट्रिय सभाको बैठक पछि मन्त्रिपरिषद्का दुई वटा बैठक बसिसकेका छन्। तर, बैठकमा प्रधानमन्त्री प्रचण्डले सङ्घीयता विरोधी अभिव्यक्तिबारे चुइँक्क समेत बोलेका छैनन्।

प्रधानमन्त्री प्रचण्डले संसद्मा मन्त्री प्रधानको अभिव्यक्ति स्पष्टीकरण सोध्ने विषय भएको जवाफ दिएका थिए। सङ्घीयता विरोधी अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई स्पष्टीकरण बुझाउनु भयो? भन्ने पहिचानको प्रश्नमा कानुन मन्त्री प्रधानले भने,‘त्यो सकियो, अब छोड्नुहोस्’

कानुन मन्त्री प्रधानले प्रस्टीकरणका विषयमा थप बोल्न चाहेनन्। प्रधानमन्त्री प्रचण्डले पनि मन्त्री प्रधानसँग यस विषयमा कुरा गरेका छैनन्। मन्त्री प्रधानले प्रधानमन्त्री प्रचण्डसँग यस विषयमा केही कुरा नभएको बताए।

प्रधानमन्त्री प्रचण्ड मन्त्रीलाई स्पष्टीकरण सोध्ने अवस्थामा

प्रधानमन्त्री प्रचण्डले संसद्मा प्रश्न उठेपछि भनेका थिए, ‘मेरो गम्भीर ध्यानाकर्षण भएको छ, यो स्पष्टीकरणको विषय हुन्छ, मन्त्रिमण्डलभित्र बसेर सङ्घीयताको विरुद्ध, लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने या प्रचार गर्ने अधिकार नैतिक रूपले पनि कानुनी रूपले पनि हुन सक्दैन, म यो प्रस्ट गर्न चाहन्छु, स्पष्टीकरणको विषय हुन्छ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनलाई उपप्रधान तथा ऊर्जा मन्त्री बनाएका छन्। कानुन मन्त्रीमा राप्रपाकै ध्रुव बहादुर प्रधान छन्। सङ्घीयता खारेज गर्नुपर्ने माग गर्ने राप्रपा सरकारमा सहभागी छ। उसका १४ सांसद छन्। सत्ता समीकरणमै फेरबदल आउन सक्ने देखेका प्रचण्डले सङ्घीयता खारेज गर्ने मन्त्रिपरिषद्का सदस्यको अभिव्यक्तिलाई संसद्मा जवाफ दिएर टारेका छन्।

समाचार शेयर गर्नुहोस्
497
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.