निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चार कर्मचारीलाई कदर पत्र

सीजीफिन्कोका २० वर्ष : डिजिटल रेमिट्यान्समा जोड

सीजीफिन्कोका २० वर्ष : डिजिटल रेमिट्यान्समा जोड

443
SHARES

काठमाडौँ : सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदर पत्र प्रदान गरेको छ।

मार्केटिङ जिनियस अवार्डबाट रमेश रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, वेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिष कुमार हमाल सम्मानित भएका सीजीफिन्कोले जनाएको छ।

२००३ मा स्थापित सीजीफिन्कोले अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रूपमा काम गर्दै आएको छ।


देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको सीजीफिन्कोले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको दाबी गरेको छ।

स्थापनाको २० वर्ष पुरा गरेको अवसरमा अध्यक्ष निर्वाण चौधरीले आफ्नो पहिलो बिजनेसका रूपमा स्थापित सीजीफिन्कोले आफ्नो बिजनेस करियरमा कोशे ढुङ्गाको काम गरेको स्मरण गरे।

नयाँ लगानी र महत्त्वपूर्ण निर्णयहरू गर्दा आफूलाई प्रोत्साहन मिल्ने गरेको सुनाए। ‘नेपालमा वैदेशिक मुद्रा भित्र्याउने जिम्मेवारीमा अब्बल साबित भएको छ,’उनले भने,‘विदेशबाट नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा सन्तोष लागेको छ।’

सीजीफिन्कोले आफ्नो बिजनेस करियरमा खास महत्त्व राखेको उनले सुनाए। ‘२० वर्षअघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो,’अध्यक्ष चौधरीले भने,‘आज विप्रेषण उद्योग नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ।’

विदेशमा काम गर्ने नेपालीका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय संस्था मात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्यूनीकरणमा पनि महत्त्वपूर्ण योगदान गरिरहेको उनले बताए।

सीजीफिन्कोले स्थापनाको २० औँ वर्षमा अझ सशक्त रूपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउने प्रतिबद्धता जनाएको छ। ‘आगामी दिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिँदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउन अध्यक्ष चौधरीले योजना सुनाए।

समाचार शेयर गर्नुहोस्
443
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.