निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निगमका निर्देशकलाई २४ घण्टे स्पष्टीकरण, क्याप्टेन विजय लामालाई विभागीय कारबाही

निगमका निर्देशकलाई २४ घण्टे स्पष्टीकरण, क्याप्टेन विजय लामालाई विभागीय कारबाही

642
SHARES

काठमाडौं : नेपाल वायुसेवा निगमले दुबई उडान ढिलो भएको घटनामा २४ घण्टे स्पष्टीकरण सोधेको छ।

निगमको उडान A-330 जहाजका चार जना पाइलटलाई एकैपटक तालिममा सहभागी गराउने अपरेसन विभागका निर्देशक वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

निर्देशक शेरचनले पटकपटक दिएको निर्देशनलाई हेलचेक्र्याइँ पाइलट व्यवस्थापन नगरेकाले स्पष्टीकरण सोधिएको निगमले जानकारी दिएको छ।

यस्तै मलेसिया उडानका लागि चाहिने उडान अनुमति समयमा नवीकरण गर्न पहल नगरी हेलचेक्र्याइँ गर्ने क्याप्टेन विजय लामासहितलाई विभागीय कारबाही गरेको छ।

आफ्नो कर्तव्य पालनामा चुकेका उपनिर्देशक वरिष्ठ क्याप्टेन लामा सहित अाे.सी.सी. म्यानेजर चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेजर नेत्रराज रावतलाई कारबाहीको चेतावनी दिएको निगमले पहिचानलाई जानकारी दिएको छ।

`विभागीय कारबाहीमा परेका कर्मचारीको विवरण रेकर्डमा रहनेछ,´निगम स्रोतले पहिचानसँग भन्यो,`पुन दाेहाेर्यामा जागिर समेत जाने व्यवस्था छ।´

छानबिनका लागि कार्यकारी अध्यक्ष युवराज अधिकारीले विभागीय कारबाही गर्ने निर्णय गरेका हुन्।

समाचार शेयर गर्नुहोस्
642
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.