निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सेनाको युगान्डा उडान रद्द : संयुक्त राष्ट्रसंघसंग समन्वय गरिने

सेनाको युगान्डा उडान रद्द : संयुक्त राष्ट्रसंघसंग समन्वय गरिने

454
SHARES

काठमाडौं : नेपाली सेना र नेपाल एयरलाइन्सले शान्ति स्थापनार्थ खटिने नेपाली सेनाको रद्द भएको युगान्डा उडान भर्न संयुक्त राष्ट्रसंघसंग समन्वय गर्ने निर्णय गरेका छन्।

सैनिक मुख्यालय भद्रकालीमा नेपाली सेना र नेपाल एयरलाइन्सका उच्च पदस्थ पदाधिकारीसहितको बैठकले संयुक्त राष्ट्रसङ्घ मुख्यालय लगायत सम्बद्ध निकायहरूसँग आवश्यक समन्वय गर्ने निर्णय गरेको हो।

रद्द भएको उडान अर्को उपयुक्त समयमा गर्ने निर्णय भएको वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। नेपाली सेनाका पदाधिकारीहरूलाई उडानका लागि आवश्यक पर्ने अनुमति सम्बन्धित देशको नियमानुसार कूटनीतिक माध्यमबाट लिने गरिएको निगमले जनाएको छ।

अनुमतिका लागि कूटनीतिक माध्यमबाट बारम्बार अनुरोध गर्दा पनि उडान समयसम्म अनुमति प्राप्त हुन नसकेकोले निर्धारित उडान हुन नसकेको निगमले प्रस्टोक्ति दिएको छ।

अनुमति बेगर उडान सञ्चालन गर्न नमिल्ने हुँदा रद्द हुने बाध्यात्मक परिस्थिति सृजना भएको प्रवक्ता पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलले निकालेको विज्ञप्तिमा नेपाल वायुसेवा निगम र नेपाली सेनाबिच द्विपक्षीय सहमति भई संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशहरूमा शान्ति स्थापनार्थ खटिई जाने नेपाली सेनाका पदाधिकारीहरूलाई उक्त खटिइएका देशहरूमा लैजाने र ल्याउने कार्य भइरहेको उल्लेख गरिएको छ।

‘यसरी हुने उडानका लागि आवश्यक पर्ने अनुमति सम्बन्धित देशको नियमानुसार कूटनीतिक माध्यमबाट लिने गरिएको छ,’विज्ञप्तिमा लेखिएको छ,‘अनुमतिको लागि कूटनीतिक माध्यमबाट बारम्बार अनुरोध गर्दा पनि उडान समयसम्म अनुमति प्राप्त हुन नसकेकोले निर्धारित उडान सुनिश्चितताको लागि उक्त दिनको भोलिपल्ट १० अप्रिल, २०२३ मा उडान अनुमतिको लागि सिधै अनुरोध गरिएको र अनुमतिसमेत प्राप्त भएकोले उडानको तयारी गरिएको थियो।’

‘उडानको तयारीकै क्रममा इरिट्रियाबाट प्रदान गरिएको उडान अनुमति रद्द गरिएको सूचना प्राप्त भएकोले यस सम्बन्धमा के कसो भएको हो भनी कूटनीतिक माध्यमबाटै बुझ्दा दिइएको अनुमति रद्द गरिएको बुझिन आएकोले अनुमतिबेगर उडान सञ्चालन गर्न नमिल्ने हुँदा उक्त उडान रद्द हुने बाध्यात्मक परिस्थिति सृजना हुन गयो’ विज्ञप्तिमा लेखिएको छ।

समाचार शेयर गर्नुहोस्
454
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.