निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लुम्बिनीबाट मलेसिया र दिल्ली उडानका लागि स्पेसल टाक्स फोर्स गठन

लुम्बिनीबाट मलेसिया र दिल्ली उडानका लागि स्पेसल टाक्स फोर्स गठन

483
SHARES

काठमाडौं : नेपाल वायुसेवा निगमले गाैतमबुद्ग अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान सुरु गर्ने भएको छ।

क्वालालम्पुर र दिल्ली उडानका लागि आवश्यक उडान अनुमति, जनशक्ति , प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीव्रता दिन स्पेसल टाक्स फोर्स गठन गरिएको निगमले जनाएको छ।

सन् २०२३ मे महिनाको अन्तिम हप्तादेखि उडान सुरु गर्ने कार्यादेशसहित निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उप निर्देशक सन्तोष पाण्डेको नेतृत्वमा एक स्पेसल टास्क फोर्स गठन गरेका हुन्।

आवश्यक उडान अनुमतिको लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेको र अनुमति आउनासाथ बुकिङ खुल्ला गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

हाल हप्ताको एक उडानबाट सुरु गरी बजार माग अनुसार उडान बढाउँदै लगिने योजना रहेको निगमले जनाएको छ।

निगमका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्थापन गर्न कार्यकारी अध्यक्ष अधिकारीले विशेष निर्देशन दिएका छन्।

समाचार शेयर गर्नुहोस्
483
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.