निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

वायु सेवा निगम माथि कर्मचारी संचय कोषको छलछाम

वायु सेवा निगम माथि कर्मचारी संचय कोषको छलछाम

735
SHARES

काठमाडौं : कर्मचारी संचय कोषले नेपाल वायुसेवा निगमसँग छलछाम गर्न खोजिएको देखिएको छ। निगमले झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी गरे पनि कोषले किस्ता नै नपाएको भनेर ढाटेर छलछाम गर्न खोजेको देखिएको हो।

निगमले २०७९ असार देखि २०८० असारसम्म एक वर्षमा २ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ कोषलाई भुक्तानी गरेको जनाएको छ।

कोषले किस्ता नतिरेको भने पछि निगमले निरन्तर रुपमा ऋण बक्यौता भुक्तानी भइरहेको बताएको हो। `एक वर्षको अबधिमा कर्मचारी संचय कोषलाई झन्डै ३ अर्ब रुपैयाँ ऋण बक्यौता भुक्तानी भएको छ। बिस्तारै कमाउदै र निगमको नियमित खर्च धान्दै कोषको बक्यौता समेत तिरिरहेको अहिलेको सुधारोन्मुख अवस्थामा नकारात्मक टीका टिप्पणी हुनु दुखलाग्दो कुरा हो´निगमका प्रवक्ता रमेश पौडेलले भने।

‘हामीले झन्डै ३ अर्ब बक्यौता रकम भुक्तानी गरिसक्यौँ,’प्रवक्ता पौडेलले भने,‘किस्ता तिरेको छैन भनेर गलत रुपमा टिप्पणी हुनु राम्रो कुरा हैन।’ निगमले किस्ता बापतको रकम हिमालयन बैंकमा रहेको खातामा जम्मा गरिएको बताएको छ।

निगमले २०७९ को असारमा न्यारोवडी जहाजको (एयबस ३२०) असारमा ४ करोड ५० लाख, असोजमा ३३ करोड ९५ लाख ५ हजार २८१ रूपैयाँ, पुसमा ३३ करोड ९५ लाख ५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

यस्तै, २०७९ को चैतमा ३३ करोड ९५ लाख ५ हजार २८१ रूपैयाँ र २०८० को असारमा ३३ करोड ९५ लाख ५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

निगमले एक वर्षको अबधिमा न्यारोवडी जहाज खरिद गर्दा लिएको ऋणको १ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ भुक्तानी गरेको देखिएको छ।

यस्तै, वाइडबडी जहाज (एयरबस ३३०) खरिद गर्दा लिएको ऋणको किस्ता बापत एक वर्षको अबधिमा निगमले १ अर्ब भुक्तानी गरेको छ।

निगमले २०७९ को असारमा ४५ करोड, असोजमा २० करोड, चैतमा १ करोड र २०८० को असारमा २५ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छ।

तर, कर्मचारी संचय कोषले भने किस्ता नतिरेको भनेर वायुसेवा निगमको बदनाम गराउने प्रयास गरेको देखिएको छ। तिरेको ऋण बक्यौतालाई तिरेको छैन भनेर कोषले ढाट्दा आम जनमानसमा कोषकै विश्वसनियतामा प्रश्न उठेको छ।

समाचार शेयर गर्नुहोस्
735
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.