निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महालक्ष्मी बैङ्कका ग्राहकहरूलाई विशेष छुट

महालक्ष्मी बैङ्कका ग्राहकहरूलाई विशेष छुट

381
SHARES

काठमाडौं : महालक्ष्मी विकास बैङ्क लिमिटेडले ग्राहकहरूका लागि स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाका सेवाहरूमा छुट पाउने सम्झौता गरेको छ।

‘सबल बैङ्क, सफल सहकार्य’ को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैङ्कले सम्झौता पश्चात् बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने जनाएको छ।

बैङ्कका ग्राहकहरूले वीरगन्ज, पर्सामा अवस्थित Mangalam Diagnostic Center को प्याथोलोजी टेस्ट सेवामा १०%, सिमरा बारामा अवस्थित Hotel Quick–20 & River Side Pvt. Ltd का सेवाहरूमा अधिकतम १०%, हेटौडा मकवानपुरमा अवस्थित Regal Hetauda Resort Pvt. Ltd का सेवाहरूमा अधिकतम १५%, धनगढी कैलालीमा अवस्थित Nisarg Hospital Pvt. Ltd का सेवाहरूमा अधिकतम २०%, हेटौडा मकवानपुरमा अवस्थित Vishuddha Momocha का सेवाहरूमा १०%, र भरतपुर चितवनमा अवस्थित Kabilash Resort and Funpark का सेवाहरूमा १०% को छुट प्राप्त गर्न सक्ने महालक्ष्मी विकास बैङ्कले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको बैङ्कले जनाएको छ। यसका साथ साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
381
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.