निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महालक्ष्मी विकास बैङ्कको परिष्कृत अनलाइन सेवा

महालक्ष्मी विकास बैङ्कको परिष्कृत अनलाइन सेवा

363
SHARES

काठमाडौं : ग्राहकहरूको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैङ्कद्वारा सञ्चालित अनलाइन सेवाहरूलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ।

बैङ्कले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरूले अनलाइनमार्फत सहजै रूपमा Account Opening, KYC Update, New Debit Card, Mobile Banking, Internet Banking, New Locker and Merchant (QR) Request & Dispute Claim जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्।

बैङ्कको आधिकारिक वेबसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरूले उक्त सेवाहरू लिन सक्नेछन्। डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युतीय सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यले बैङ्कले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो।

‘सबल बैङ्क, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैङ्कले आगामी दिनहरूमा पनि डिजिटल बैंकिङ्गका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ।

विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रही आएको बैङ्कले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

समाचार शेयर गर्नुहोस्
363
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.